[VIEWED 6327
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
( * )( * )
Please log in to subscribe to ( * )( * )'s postings.
Posted on 05-14-08 3:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahaha look at these commies.. गाई काटेपछि भोट दिएकोमा पश्चात्ताप माओवादीले
नयाँ संस्कृतिसहितको नयाँ नेपाल निर्माण गर्ने कुरा गरिरहँदा खोटाङवासीले
भने नयाँ नेपाल भनेको गाई काटेर मासु खानु रहेछ भनी बुझ्न थालेका छन्।
संविधानसभा निर्वाचनमा खोटाङका दुवै क्षेत्रमा माओवादी विजयी भएपछि विजय
भोजसँगै गाई काट्ने प्रचलनको सुरुवात गरिएको हो। विजय भोजका लागि एउटा
कलकलाउँदो बाछी र गाई काटेपछि मओवादीको व्यापक विरोध भएको थियो। दिक्तेल
बजारनजिकै रहेको हेलिप्याड ग्राउण्डसँगै गाई काटेर भोज गरेपछि स्थानीय
जनताले असन्तुष्टि जनाए पनि खुलेर विरोध गर्न सकेका थिएनन्। तर,
माओवादीहरूले अहिले विभिन्न स्थानमा गाई काटेर मानिसलाई खुवाउन थालेपछि
खाने र खुवाउने दुवै थरीको विरोध गरिएको छ। माओवादीको विजय जुलुसमा सहभागी
हुनेहरूमध्ये कतिपयलाई गाईको मासु खाँदा बान्ता भएको थियो। भोजमा गाई र
बाच्छीका अलावा राँगो र भैंसी पनि काटिएको थियो। विजयी सभासद्हरू समिता
कार्की (अस्मिता) र रामकुमार राई (पासाङ) को निर्देशनमा भएको उक्त भोजको
व्यवस्थापन पृथ्वी किराँतीले गरेका थिए। पहिला नेकपा एमालेमा सम्बद्ध
कतिपय व्यक्तिहरू त्यहाँ गएर गाईको मासु खाए माओवादी भइने ठानी बलेको आगो
ताप्ने क्रममा त्यहाँ पुगेका थिए। भोजपछि बान्ता गर्नेमा पहिला एमाले
समर्थक र हाल माओवादीमा प्रवेश गरेका नवमाओवादीहरूको सङ्ख्या उल्लेख्य
थियो। क्षेत्री, बाहुनले मात्र होइन स्थानीय राईहरूले पनि गाई काटेको
कुराको व्यापक विरोध गरेका छन्। उनीहरूको भनाइ छ, 'गाई काट्नका लागि
हामीले माओवादीलाई भोट दिएका होइनौं।' गाई काण्डले त्यहाँ माओवादीलाई किन
भोट दिइएछ भनी पश्चात्ताप गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। हिन्दूहरूले
गाईलाई लक्ष्मी मानेर पूजा गर्दै आएका छन् र गाई नेपालको राष्ट्रिय जनावर
पनि हो। प्राप्त जानकारीअनुसार अहिले खोटाङका विभिन्न गाउँहरूमा
जनताले माओवादीलाई गाई नकाटिदिन हात जोड्दै आग्रह गर्ने गरेका छन्।
बूढापाकाहरूले हात जोड्दै भन्ने गरेका छन्– हामी मरेपछि जेसुकै गर्नुस्,
तर बाँचुन्जेल यस्तो नगरिदिनुस्। विगतमा माओवादीहरूले पूजा, श्राद्धजस्ता
सांस्कृतिक परम्परा मान्नेलाई धम्क्याउँदै आएकोमा अब त्यस्ता परम्परालाई
निर्बाधपूर्वक मान्न पाउनुपर्ने माग पनि खोटाङवासीको रहेको छ।
|
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-14-08 11:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ram Ram
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-14-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Now..
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-14-08 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
worship ..
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-14-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Revolution
|
|
|
GundrukTama
Please log in to subscribe to GundrukTama's postings.
Posted on 05-14-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Can you please give the link to the news?
|
|
|
( * )( * )
Please log in to subscribe to ( * )( * )'s postings.
Posted on 05-14-08 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
damn upendra(mu)jee !! you beat crap out off so called trollers and spam lords!!!! hehe GT, visit nepalweekly*com.
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-14-08 5:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
GundrukTama
Please log in to subscribe to GundrukTama's postings.
Posted on 05-14-08 9:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Nepalweekly.com is a hawadari site. Its has links to Chinese girls etc. I did not see any gai khani news ko link.
Can you please give the correct link
|
|
|
( * )( * )
Please log in to subscribe to ( * )( * )'s postings.
Posted on 06-03-08 12:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
take this biatch
गणतन्त्रमा गाईको बलि
श्रीराम सिग्देल÷पोखरा
मुलुकमा गणतन्त्रको खुशीयाली धेरै जनताले अबिर दलेर नाचगान गरी मनाए
। तर कास्कीमा त्यसको विपरीत माओवादीको भातृ संगठन वाईसीएलले गणतन्त्रको
उत्सवमा गाई काटेर भोज खाई खुशीयाली मनाएका छन् ।
कास्की जिल्ला पोखरा उपमहानगरपालिकासँगै जोडिएको मौजा गाविसमा
वाईसीएल कार्यकर्ताले गाई काटेर सार्वजनिकरुपमै मासु खाएका छन् । गाउँको
वडा नं। १ स्थित छ्यापू भन्ने वस्तीमा चार वर्षको कोरली गाई काटेको र सबै
गाउँलेलाई खान बोलाएको एक स्थानीय गाउँलेले बताए । वाईसीएलका झण्डै ५०÷६०
जनाको जत्थाले स्थानीय बाँनिया थरका व्यक्तिको घरमा गाई काटेर मासु पकाई
खाएका हुन् ।
गाउँकै बेलु कमिनिको घरबाट पैसा दिउँला भनी वाईसीएलले कोरली गाई
लगेका थिए । ुबहर लाउन ठिक्क परेको गाई काटेर खाएु- यिनलाई धर्मको डर
रहेनछु-स्थानीय एक विकले दृष्टिलाई बताइन् । वाईसीएलले यस अगाडि पनि
पटक-पटक गाई काटेर खाने जमर्को गरेका थिए । गाईको मासु खानेहरुमा बाहुन्
क्षेत्री गुरुङ मगर दमाई कामी सबै जातका भएको एक स्थानीयले बताए ।
बेलु कमिनीलाई उनीहरुले गाई लगेबापत अहिलेसम्म कुनै रकम दिएका छैनन्
। ुगाउँभरि खसी बोका कुखुरा प्रशस्त छन् र पनि गाई नै काटेर खानुको रहस्य
के हो गाउँलेहरु अचम्मित भएका छन् । वाईसीएलले पर्वत जिल्लामा पनि गाई
काटेर मासु खाएको स्थानीय एक व्यक्तिले बताए । यसअघि पनि संविधानसभा
निर्वाचन जितेपछिको विजय र् यालीमा खोटाङको सदरमुकाम दिक्तेलमा माओवादी
कार्यकर्ताहरुले गाई काटी मासु खाएका थिए । त्यसैबेला रामेछापमा पनि
माओवादी कार्यकर्ताले गाई काटी मासु खाएको खबर छापाहरुमा छाएको थियो ।
गाईलाई नेपाली समाजमा लक्ष्मी भगवानको उपमा मानेर पूजा गर्ने गरिए
पनि र गाईलाई राष्ट्रिय जनावर मानिएको कारणले कानुनमै काट्न नपाइने उल्लेख
भए पनि माओवादीका कार्यकर्ताहरुले गाई काटेर खानु कानुनी राज्यकै उपहास हो
। गाई संविधानसभाको चुनावमा राजावादी पार्टी राप्रपा नेपालको चुनाव चिन्ह
थियो । http://www.nepalnews.com/contents/2008/nepaliweekly/dristi/jun/jun03/index.php#2
|
|