[Show all top banners]

salokya
Replies to this thread:

More by salokya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Magic of Artilce 127 of our Constitution
[VIEWED 5111 TIMES]
SAVE! for ease of future access.
Posted on 06-14-05 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धारा १२७ को जादू
हाम्रो संविधानमा धारा १२७ पनि गजब कै जादूको छडीजस्तो धारा रहेछ बा । अरु धाराबाट त पानीमात्रै आउँछ । तर यो धाराबाट त जे चाहियो त्यही झार्न मिल्ने रहेछ । पौराणिक कथामा कल्पवृक्ष भन्ने एउटा रुख थियो रे, चिताएको कुरा त्यो रुखले पूरा गर्थ्यो रे । अहिले धारा १२७ ले पनि जे चितायो, त्यही पूरा हुने रहेछ । भ्रष्टाचार नियन्त्रण शाही आयोग धारा १२७ अनुसार बहाल रहने र त्यसमा काम गर्नेहरु पनि धारा १२७ अनुसार बहाल रहने रे । अनि यसबीचमा जारी भएका आदेश पनि धारा १२७ अनुसार नै रे । जननिर्वाचित प्रधानमन्त्रीलाई अक्षम भनी बर्खास्त गर्न पनि धारा १२७, त्यही प्रधानमन्त्रीलाई फेरि त्यही पदमा नियुक्त गर्न पनि धारा १२७, अनि फेरि बर्खास्त गर्न पनि धारा १२७ । बीचमा कतिपय प्रधानमन्त्री नियुक्त गर्न र बर्खास्त गर्न पनि धारा १२७ । बीचमा प्रधानमन्त्री बन्नको लागि निवेदन दर्ता गर्न नारायणहिटीमा लाम लागेर बसेको अलौकिक दृश्य हेर्न पाउनमा पनि यही धारा १२७ कै देन थियो । धन्य छ धारा १२७ तिम्रो महिमा ।
दुःखको कुरा, धारा १२७ को प्रयोग गर्न पाउने अधिकार तपाइँ हामीमा छैन । नत्र सोच्नुस् त, कति रमाइलो हुन्थ्यो होला, जब ट्याक्सीमा सर्रर चढेर आफूलाई चाहिने गन्तव्यमा पुगिन्थ्यो र चालकले पैसा माग्दा भन्न पाइन्थ्यो- धारा १२७ अनुसार यस पटकको भाडा शुल्क तिर्न पर्दैन । भोक लाग्दा रेस्टुरेन्टभित्र पसेर टन्न खाइन्थ्यो र बिल आउँदा ङिच्च हाँसेर उही धारा १२७ तेर्स्याउन पाइन्थ्यो । नगरकोटको होटलमा मस्तीका साथ रात बिताएको केही हप्तापछि गर्लफ्रेन्डले पेट बोकेको कुरा सुनाउँदा पनि दोष उही धारा १२७ लाई दिन पाइन्थ्यो । हे भगवान्, तिमीले हाम्रा लागि चाहिँ किन धारा १२७ को व्यवस्था गरेनौ ? फेरि भगवानले रिसाएर धारा १२७ कै प्रयोग गरी मलाई माथितिर बोलाएर मारसित भकुर्न लगाउनुहोला नि । रिसानी माफ होस् है ।
- http://merosansar.blogsome.com
 
Posted on 06-14-05 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's a cool one.
 
Posted on 06-14-05 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Salokya-jyu,

तीन वर्ष उँधो अल्लि साहसी नेपाली व्यङ्गकारहरुको प्रिय विषय रहेको धारा १२७ माथि अर्को जोडदार व्यङ्ग । तपाईको कलम अझ तिखारिदै जाओस् !
 
Posted on 06-14-05 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pilot jee,

There is nothing wrong in Dara 127. It does not give a discretionary power to the King, forget an unlimited one.

It is the extra-constitutional power of the monarchy, which we were in denial for long, that has been making ridiculously false interpretation of the dhara.

We need to scrape the monarchy, not dhara 127, off the Constitution.
 
Posted on 06-14-05 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe said,

"We need to scrape the monarchy, not dhara 127, off the Constitution."


लौ जा त मैले नि सहि थपिदिएँ! धारा # १२७ चाही जोगाई राखौ, मेलंची बनेसी पानी आउला.
तर राजा चाँही माँसौ माँसौ, सारै दूख दियो बज्?याले!

राजतन्?त्र मास्?छौं मास्?छौं! धारा मा पानी ल्?यौछौं ल्?यौछौं!

Bond-007
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
TPS Renewal Reregistration
TPS advance parole Travel document i-131, Class of Admission ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Does the 180 day auto extension apply for TPS?
Shot Dead
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
Driver license help ASAP sathiharu
Facts showing how US is worse than Russia
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Nepali Passport Renew
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters