त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।"
मुनु पछाडी फर्केर सोधी। "के रे?"
मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें।
"सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?"
"तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो।
"किन?" मैले सोधें।
"म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर।
पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?"
मुनु जङ्गी,"कस्को भिनाजु?"
"मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो।
"त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी।
"दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ।
बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।"
"कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी।
"त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।"
"पक्का हो त?" मलाइ पनि शंका थियो।
"पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी।
"तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी।
"नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो।
"थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की।
"भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?" भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर।
"बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो। एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर् "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी।
फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!"
"किन सरी?" टिन्कुले सोधी।
"त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो।
"कसको?" मलाइ झन आश्चर्य लाग्यो।
"भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी।
त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन।
क्रमश:
( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )
साझामा अलिकति harmless ठट्टा चल्नु-चलाउनु नै पर्छ भन्ने मेरो मान्यता हो (नेपालका नेताहरु “छ” लाई ‘हो’ भन्छन्, त्यही टिपेर ‘हो’ भनेको हुँ, नत्र शुद्ध त ‘छ’ नै हो नि ) ।
त्यही भएर अलिकति घचेडीदिम भनेर ।
लहरे, जहाँ persuasion को कुरा आउँछ त्यहाँ र खास गरेर जहाँ नियतलाई harmless ठट्टाको रुपमा वा यथार्थमै राख्न वाञ्छनिय हुन्छ, persuasion का अनेक विद्या हुन्छन् भनेर हेक्का राखिराख्न पर्छ । जस्तो ‘ठाडो विद्या’ (direct persuasion), ‘उल्टो विद्या’(reverse psychology), ‘छड्के विद्या’ (transverse psychology) आदि । यो अन्तिम विद्याको न्वारन चाही मैले गरेको हुँ, त्यसैले google गर्दा भेटिनेछैन यो, just in case.
जहाँ ‘ठाडो विद्या’ ले काम गर्दैन, त्यहाँ ‘उल्टो विद्या’ ले काम गर्न सक्छ । तर यसको limitation चाही के भने यसको लागि केही पूर्वघनिष्टता हुनु जरुरी छ । जहाँ त्यो छैन त्यहाँ ‘छड्के विद्या’ चाहिन्छ ।
‘छड्के विद्या’ अनेक flexible कार्यनीतिहरु भएको अति जटिल, कुटिल र कठीन रणयोजना हो । यसको मूख्य चरित्र के हो भने यसमा नियत गोप्य राखिन्छ ! यो भन्दा बढी चाही नबताम होला । के पर्छ के, जिन्तखीमा । अलिकता त राख्नुपरो नि आफैसित । हिहि !
अब क्रेजीलाई सम्बोधन गर्छु ।
होईन होईन, यसमा माथिको कुरोको लेनादेना छैन । यसो यस्तो मनोरञ्जनपूर्ण कथाको लागि प्रशंसाको अढाई अक्षर कोर्दिम् भनेर । क्याबात ! शुकबार अड्डामै कलिगहरुलाई तर्साउने हँसाईका मुठ्ठा का मुठ्ठा का साथ पढ्या हो कथा त ।
केजाती सारांशमा हुन्छ, कला चाही details मा हुन्छ भन्छन्, क्रेजीको कला गजबसंग देखिन्छ यसमा ।
Adult innocence, Gallows humor र seriocomedy लगायतका अनेक तत्वहरु मिलाएर एक स्वादिष्ट व्यञ्जन बनेको छ ।
सिर्जना निरन्तर रहोस् !
कथाको मूल प्रसंग ( simultaneous mass eloping ) को बारेमा चाही यो एउटा सामान्य संजोग मात्र हुनसक्छ कि यस्ता घटनाका लागि कुनै प्राकृतिक कारण पनि हुनसक्छ भनेर घोत्लेको थिएँ । भएमा, जस्तै mass hysteria का केही तत्वहरु हुन सक्छन् कि भनेर सोचेको । तर कथा स्वयंले चाही (भाग्नु अघिका पूर्वलक्षणहरुले) संजोगै देखिन्छ भन्छु ।
अब यो कथालाई फेरि तन्काउने हो भने कस्तो होला भनेर सोच्दा चाही, क्रेजीले उनले एपी बडाबालाई दिएको वचन भङ्ग गर्नुपर्ने वाध्यतामा पुगेकी बनाउँदा चाही एउटा विशेष रसयुक्त हुन जाला जस्तो देख्छु । खासमा, खै लहरेलाई सम्झेर हो कि त्यत्तिकै हो, मलाई याद आईरहेको चाही नेपाली उपन्यास “पल्लो घरको झ्याल” थियो ।
गजबको मनोविज्ञान छ त्यसमा । “reverse obsession” भनिन्छ होला जस्तो लाग्छ त्यसलाई ।
ल है सोचम् ।
अनि नि, यो काल्पनिक पात्र र वास्तविक पात्रलाई मिसाउने विधी कथाको post-modern शैलीहरुमा पर्छ ।
गोविन्द बहादुर मल्ल ‘गोठाले’ लिखित “पल्लो घरको झ्याल” (वि. सं. २०१६) नेपाली वाङ्मयको एउटा अमूल्य निधी र नपढी नहुने शास्त्रिय कृति हो ।
अलि कच्चा उमेरमै पढिया थ्यो यो । बाफ रे, दिमागै रन्थनाउने कथा छ यसमा । एक गृहिणी (मिसरी) आफुलाई रातोदिन stalking गर्ने, आफुलाई पटक्कै मन नपर्ने गुण्डा(हिरामान) संग कुनै अज्ञात शक्तिले तानिएर झै कसरी पोईल गई, यही हो कथा । मिसरीको मनोविज्ञानलाई भनेको हुँ मैले reverse obsession भनेर, तर कति accurate भयो त्यो चाही भन्न सक्तिन । साईकोलोजीको विद्यार्थी परिएन ।
यो उपन्यासको अंग्रेजी अनुवादको कुरा/चर्चा थियो, के भयो हेक्का छैन मलाई । दक्षिण एशियाली साहित्य पढाईने विश्वविद्यालयको कुनै पुस्तकालयमा छ कि । नत्र ता काठमाडौंबाटै मगाउनुपर्छ होला ।
६ वर्ष अघि दीपब्रोको एउटा आरम्भकालिन कथाको थ्रेडमा यसको छुस्रुक्क चर्चा भएको थियो ।
यो थ्रेडमा मेरो एउटा गजल पनि परेको छ, मिसरीको पछि लागेको गुण्डोले लेख्या जस्तै भा छ । राम्रो टिप्पणी पनि आएन । मेरा एकजना प्रशंसक र मेधावी पोस्टर, Paschim, ले मन पराएनन् ।
आज मैले साथी एउटा काम गरेर फर्कें
तिम्रो बन्द झ्याललाई सलाम गरेर फर्कें
तर मैले धेरे ठाउँमा वाहवाही पाएको शेर चाही यो हो:
तिम्रो घरको एउटै चक्कर मारी फर्कदा
यस्तो लाग्दैछ, म चारधाम गरेर फर्कें
यो चाही लहरेलाई समर्पित, ल’ज्जात !
तिम्रो दैलोमै पासो लागेको भए के गर्थ्यौ ?
झण्डै झण्डै मैले त्यो बिराम गरेर फर्कें
खै कता छ हँ त्यो पासोको कार्टुन । हिही !
शायरीको क्रममा एउटा क्रेजीको लागि पनि । यो चाही एउटा उर्दु शेरको अनुवाद हो है, मेरो मौलिक होईन ।
कथा समाप्त भनेर झुक्काइएको पो रहेछ त , कहिले काही झुक्किएको पनि राम्रै भयो फेरी पढ्न पाएर अनी क्रेजी रोइ हालेको? हुन पनि आफुले सल्मान खान जस्ता सँग भागौला भनेको दिदिले छोडेको कादर् खान जस्ता सित जानु पर्ला जस्तो भयो के गर्ने त हैन जे होस् रमाइलो छ बरु त्यो पहिलो नियम सन्शोधन गरेर " परिस्थिती हेरेर भागेको वा भगाएको खण्डमा भाई बहिनी खोज्न नजाने" बनाउने हो कि । अझै पनि केही बिग्रेको छैन है बाहिर बाइक 'रेडी पोजिसन' मा छ
क्रेजी सिस, ह्याँ त भाग्नेको लहर नै लागेको रहेछ -- बाआमाले सानै उमेर मा बिहे गर्दिन खोज्दा नचिनेको मान्छे संग हुनुभन्दा आफैले चिनिराको मनपर्ने मान्छेसंग साइनो जोड्नुमा के गल्ति ?! लौ लौ लेख्दै जानुस हजुरले --- कुनै कुनै बेला पढ्दा अप्ढ्यारो महसूस हुने भए पनि कथाले चोटिलो मनोविज्ञान को चित्रण गरेको छ।
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.