Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिदाई

[Please view other pages to see the rest of the postings. Total posts: 45]
PAGE: <<  1 2 3  
[VIEWED 26512 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 05-08-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरु,

 

साझामा मैले धेरै समय बिताएँ। बिताएका प्राय: सबै पलहरु सुखद रहे। जिवन यात्रामा साझा साँच्चै नै एउटा चौतारी बन्यो। यो साझा मन्चको लागि सान प्रति सधैं आभारी रहने छु।

 

साझामा कथा कबिता लेख्ने जमर्को गरियो। साथीहरुको प्रोत्साहन पाईयो। लेखक कहिल्यै थिइन तर पाठक भने सधैं थिएँ। साथीहरुका थुप्रै रचनाहरु पढने अवसर पाएँ। ती अवसरहरु पनि मेरा लागि पुरस्कार झै बने।

 

यात्राको क्रमलाई निरन्तरता दिँदै यो साझा चौतारीबाट अघि बढ्दै छु।

 

साझा को यो आकासमा हामी सबै तारा बनेर जगमगाउने गरेका छौं। जस्तो एउटा तारा बिलिन हुँदैमा साझाको आकासको जगमगाहटमा कुनै कमी हुने छैन। त्यो मलाई थाह छ। चुपचाप पनि बाटो लाग्न सक्थें तर जुन स्थानमा एउटा घर जस्तै गरेर बर्षौं बसियो, नभेटेका नदेखेका साथीहरु सँग पुरानो चिन जान झै गरी सँग हाँस खेल गरीयो, जुन फुलबारीमा आफुले पनि थुप्रै फुल रोपियो, अनि अरु साथीहरुले रोपेका फुलहरुको पनि गोडमेल गरीयो यस्तो बगैँचा जस्तो ठाउँबाट बिदा नमागी जान मनले मानेन।

 

साथीहरुले प्रति देखाएका सदभावहरु जस्लाइ मैले साझाको तर्फबाट मेरा लागि उपहार सम्झेको छु ती सदभावहरुको लागि सबै साथीहरु प्रति यो जिन्दगी भर आभारी रहनेछु।

 

यहाँ आफ्नो बसाईको क्रममा मैले कसैको पनि मन नदुखोस भन्ने सोचाईमा आफुलाई सतर्क राखेँ। तर नचाहंदा नचाहँदै पनि कसैको मनमा मैले ठेस पुर्याएको हुन सक्छु। त्यस्ता अरुका मनमा दु:ख पुर्याउने सबै मेरा ब्यबहारहरु प्रति मलाई खेद त्यस्को लागि क्षमा पार्थी पनि छु।

 

 

सबै साथीहरुको जीबन सुखमय रहोस। मेरो हार्दिक शुभ-कामना। यो दीप आज अन्तिम पटक बलेको यहाँ। बिदा।

 

दीप


 
Posted on 05-14-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त हाम्रो लागी सजाय् नै भयो है। तर म चाँही आशाबादी छु दीप फर्किन्छ भनेर।


 
Posted on 06-02-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शायद यसो भन्दा अतिसयुक्ती नहोला कि साझा प्रतिको मेरो क्रेजको एउटा प्रमुख, उत्क्रिस्ठ र अर्थपूर्ण क्षमा दीप र उन्का कथाहरु थिए। साधारण घटनाहरुको असाधारण प्रस्तुति हरु जो थिए, तिनिहरु अतुलनिय थिए र शायद नेपाली कथा संग्रह भाग १ र २ जस्तै दीपका कथाहरु पनि मानसपटलमा अमिट भएर निरन्तर, अबिरल र अनवरत उब्जिरहनेछन। सबै कथाहरु लिस्ट गरिरहन सकिन। तर त्यो 'इन्द्रेणी' कथा, त्यहाँकी सुसिल र स्निग्ध इन्द्रेणी अनी चन्चल तर इमान्दार दीप सदैब सम्झिरहने बिम्बहरु हुन। अनी त्यो अन्तिम पारीद्रिस्य, जहाँ इन्द्रेणि लाग्न खोज्दा खोज्दै पनि समय निख्रिरहेको छ, त्यो अत्यन्त उत्क्रिस्ठ छ।   

कुनै खेद छैन कि दीप ले आफ्नो जीवन चर्यालाई यता र उताका तुलोहरुमा मिलाएर साझाबाट बिदा लिने निर्णय गरेका छन। उन्को निर्णय, र उन्को जीवन। मेरो सम्मान र शुभकामना सदैभरी। तर स्वार्थ म संग पनि छ र म पनि चाहन्छु उनि फर्किउन। आउ तिमी पुन: फर्कीएर र साझा फुलबारिमा अरु सुन्दर पुष्पहरु उमारिदेउ।


 
Posted on 06-02-08 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I DID NOT GET IT.......... If you really love this site then where ever you go, sajha.com is just a click away unless you are going to a remote area where no Internet access is available..

Any way good luck  and have fun whatever you do


 
Posted on 06-03-08 6:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ बर्ष अगाडी पहिलो पटक एक जना साथीले मलाई sajha.com को link दिएको थियो । त्यस बेला मलाई sajha को बारेमा पूर्ण ज्ञान थिएन । कहिले काँही हेर्ने गर्थे । एक दिन बाङ्गे भन्ने पात्र देखे एउटा थ्रेड मा, मन नलागी नलागी पढ्न सुरु गरे त्यो थ्रेड, त्यो कथा पढे पछी बल्ल मलाई थाहा भयो साझा को वास्तविक स्वाद । त्यो दिन देखी दीप ज्यु का कथा हरु खोजी खोजी पढे । प्रत्यक पटक साझा भित्र छिर्दा एउटा आशा हुन्थ्यो, कतै दीप ज्यु को कथा पो आयो कि । मैले साझामा post हुने सबै कथा हरु पढेको छु, तर मेरो यो कथा पढ्ने श्रीङ्खला दीप ज्यु को त्यही बाङ्गे माहत्म्य बाट नै सुरु भएको थियो । यो बिदाइ भन्ने थ्रेड देखे, मलाई लाग्यो यो त त्यही पुरनो बिदा भन्ने थ्रेड हो, त्यसैले म यो थ्रेड भित्र पसेको थिइन । आज अचानकै भित्र पसे, पहिले त मलाई विश्वाश नै लागेन, दीप, साझा को एउटा अभिन्न अङ्ग, कसरी साझा बाट छुटिन सक्छ? तर यो एउटा तितो सत्य थियो । म अझै  पनि आशा गर्छु, दीप ज्यु ले साझा लाई अपाङ्ग बनाउनु हुने छैन। साथै म साझाको एउटा पाठकको हैसियत ले अरु सर्जक  somewhereondearth, crazylove, fucheketo, rahulbhai, surnataal , dipika ... हरुलाई यसरी साझा बाट बिदा लिने भन्ने बारेमा नसोच्नु हुन पनी आग्रह गर्दछु।
 
Posted on 06-03-08 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु के हो अस्ती भर्खरै चौतरारिमा कहिले नचुतिने हामी दुबइले खाएको कसम हजुरले एती चाडै कसरी बिर्सन सकेको होला खित खित। दीप ज्यु हजुरलाई मैले भनी राख्नु पर्ने कुरा त हैन तर पनि हजुर मैले साझामा भेटेको साथीहरु मधै सबै भन्दा प्यारो र मन पेर्ने साथी हो। यसरी आज हजुर कहिले नि न-अौने खबर पाउदा कता कता नरमाइलो लागि रहेको छ। साझामा हासो थत्ता गर्दै यतिका बर्ष बितेको पतै भएन। तर मेरो हजुर सँग कबिता सिक्ने सपना भने सपनाइ रहने भो। Deep jyu i will miss u sooooooooooooooooo much. pls keep in touch. urs n only urs Thuli :P

 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters