[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भिनाजु को जुत्ता

[Please view other pages to see the rest of the postings. Total posts: 95]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 49867 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 12-10-07 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहेथ्यो ठूलोबाबा को छोरी को आफुलाई पो भ्याई नभ्याई, किनमेल गर्दैमा। बाबा को दाजु भाई का छोरीहरु मिलाएर हामीहरु पाँच जानाथ्योउँ, फेरि दाईहरुको बिहेमा जन्त जाँदा जाँदा हैरान् भएको यो पालि त दिदीको बिहे घरमै जन्ति आउने, हामीलाई के चाहियो र?  बिहे आउन जम्मा चार दिनथ्यो, दुई दिन के लगाउने सोच्दैमा बित्यो, बाँकि दुइ दिन सोचेको लुगा किन्दैमा।

बिहेको दिन त आफुलाइ कसैले देख्नै नहुने, घरि स्वोयम्बर को निम्ता सिँगार्न आउ भन्याछ घरि दुलाको टोपि सिँगार्न।  "ल ल आईहालेँ" भन्दै म पनि लुकि लुकि भागिराथेँ। आफुलाई आफ्नै नक्कल झक्कल को पिर भैराबेलाँ को जावोस् त्यो दुलाको टोपि सिँगार्न? यता आमाहरुले टोपि सिँगार्न बोलाउनु भा छ उता दाईहरुले देख्न नहुने बोलाइहाल्ने--"ए दिपिका एकचोटि यता आउ त, जग्ये सिँगार्नु पर्यो"  कता के मात्र सिँगार्नु ?  धन्न रातिको बिहेथ्यो त्यसैले अलि अलि त मद्धत् गर्या जस्तो गर्न चैँ  भ्याएँ।

लाउन त हामी सबैले सारी नै लाउने भएकाथ्योउँ तर लाउन भने कसैलाई नआउने। बल्ल तल्ल लगाइदिने भाउजुहरु खोजेर ल्यायो,  सारी लाएपछि हिड्न अर्को माहाभारत। सारी यता पनि अल्ज्याछ उता पनि। झन अलिकती बाहिरमात्र के निस्केकी थिएँ,  पुरेतको जुत्तामा अल्झिएर पच्छारिहालेँ,  फेरी कसैले देख्यापो छन् कि भन्दै यताउता हेर्दे उठेको त कोही नभएर झन् आफ्नै बाबाले पो देख्नु भएछ, कराईहाल्नु माथिबाट--"अब हिड्नै नआउनेले किन सारी लाउनु पर्यो? अहिले खुट्टा भाचिन्छ अनि थाहा पाउछौ", अब खुट्टै भाच्चेपछि त थाहा पाएर नि के गर्नु नि? भन्नु त भएन तैपनि पच्छारिएको झोकमा मैलेपनि भन्दिएँ--"अब पुरेत ले जुत्ता झन्डै आँगनकै ढोकानेर पुर्याएर खोल्नु भा रैछ त म के गरुँ,  मेरो गल्ति हो र?", त्यो पच्छारिएको सुरमा त आफुले पुरेतको नै गल्ति देखेँ।  आँगन्मा पुगेको मात्र के थिएँ दाईहरुको आवज ठोक्किहाल्यो कानमा--"लौ अब कुन चै ले आँखा लाउने भो आज? हामीलाई पो आपत रेखदेख गर्दैमा",  हुन त दाईहरुले जिस्किनु भएको थाहा थियो, तर पनि त्यो गालि खाको झोकमा मैले पनि ठाडै उत्तर दिएँ--" राम्रो देखिएको छ भने सिदै भने भैहाल्योनि किन कुरालाइ जाँतो जसरि घुमाउनु पर्यो ?" दाईहरुलाई म किन रिसाको थाहै थेन कराइहल्नु भो--"लौ आजत ऊ सँग बोलिसाद्दे नै रहिनछ"

जन्तिको बाजा बज्न थाल्यो, हामी पनि दौडेर गयोउँ स्वागत् गर्नलाई। स्वागत् भनेको त छदै छ, आँखा घुमाएर एक चक्कर जन्ति पाटिलाई हेर्योउँ। केटाहरु हर्न लायकका नै रहिछन्। सबैको स्वागत् गर्योउँ अनि बिस्तारै पूजा अगाडि बढ्न थाल्यो। जन्ति पाटि र केटी पाटिको हेराहेर चलिनैराथ्यो। एक्कैछिन मा एउटा फुच्चे आयो र भन्न थाल्यो--" हरियो सारी लाउने यो दाईलाइ मन पर्यो रे----निलो सारी लाउने यो दाईलाई मन पर्यो रे-----" उस्ले त पुरै लिस्ट् नै लिएर आएछ सारी अनुसार दाईहरुका नाम। अझ हामीलाइ सोध्छ --"हजुरहरु को नाम भन्नुस रे" अनि हामी पनि के कम? फुच्चेलाई खबर पठायोउँ--"हाम्रो दाईहरुलाइ सोध्नुस्, सबैको नाम पाउनु हुन्छ"

यता पुरेत बाजे आफ्नु मन्त्र भट्यौदै हुनुहुन्थ्यो, उता जन्ति पाटिले कहाँ बाट मेरो भाई भेटेछन्, बिस रुपयाँ को किटक्याट किन्देछन्, बच्चा त पर्यो, उस्ले त चार रुपयाँमा एकजनाको नाम बेचेर आएछ। अघि सम्म त यो सारी लाउने र त्यो सारी लाउने भनिराथे अब त नामैले बोलाउन पो थाले। हामीलाई आपत दाईहरुले सुन्नुभयो भने को को पो थोते हुने हो भनेर। धन्न दाईहरु अलि टाडै हुनुहुन्थ्यो बाजा ले गर्दा हत्तपत्त सुनिदैनथ्यो आवज।

पूजा अगाडि बढिनैराथ्यो, जुत्ता त लुकाकै छैन। अब हामी त दुलाको अगाडि पर्नै भएन सबैको निग्रानी हामी मै थ्यो त्यसैले भाईलाई पठयोउँ। उस्ले सुटुक्क चोरेर ल्यायो कसैले थाहा नै पाएनन्। अब सबै जना लुकाउन गयो भने त थाहा पाइहाल्छन्, त्यसैले म खुसुक्क घर् पछाडि अध्यारोमा एउटा खोर् रहिछ तेस्को पछाडि लुकाएर आएँ। आदी घण्टा कुर्योउँ अनि कराउना थाल्योउँ--"दुलाको जुत्ता चाहिन्छ भने दुई हजार दिनुस् र जुत्ता लिनुस्" जन्ती पाटी त उल्टो भन्न थाले--"दुई हजारमा त दुईटा जुत्ता आउछ, भयो हामीलाई जुत्ता चहिदैन तिमीहरुनै लगाऊ", घटाउदा घटाउदा त लोभिहरुले पाँच सयमा पो पुर्याए। अब त्यो बुढो जुत्ता राखेर हामीलाई काम थिएन, पाँच सय मै मन्जुर हुने बाहेक् अरु केहि उपाए नै भएन, अब त्यतिमै मान्नै पर्यो।

पैसा लिएर जुत्ता लिन गएँ, लुकाको ठाउँमा त जुत्तै छैन, सबैतिर खोजेँ पाउदै पाइन। डर पनि लाग्न थाल्यो अनि ठूलो बाबाको छोरा बिपिन दाईलाई बोलाएर भनेँ--"दाई हेर्नु न जुत्ता यहिँ लुकाको थिएँ अघि, अहिले जुत्तै छैन", दाईले लुकाको ठाउँ हेर्नुभयो अनि तर्सेर भनुभयो--"ल बर्बाद्, फुर्केलाई खोज छिट्टो", फुर्के, उहाँहरुको कुकुर, चोर नै देखेपनि चाट्न जान्थ्यो त्यसैले नाम नै फुर्के राख्याथ्यो। अब आफुलाइ जुत्ताको पिर् भैरा बेलाँ त्यो फुर्केलाई खोज् भन्दा त म पनि झनक्क भएर भनेँ--"अब जुत्ता हराइरा बेलाँ कता जाउँ म त्यो फुर्केलाई खोज्न", अनि दाईले भने पछि पो थाहा पाएँ फुर्केलाई त जुत्ता देख्नै नहुने रहिछ, चपाइदिदो रहिछ, मैले त त्यस्कै खोर् पछाडि लुकाइछु, त्यस्लाई त आहार ओडारमै पो राख्या जस्तो भएछ, आफूलाई के था? फुर्केलाई पाउन त पाएँ तर जुत्ता के नै बाँकि राखेछ र? एउटा को तल देखि माथि सम्म चपाएर उल्टो हो कि सुल्टो हो नै नचिन्ने बनाएछ, अर्को को बुढि औँला नै देखिने गरेर जुत्ता को माथि भाग छिया छिया पारेछ। म त तर्सिहालेँ। एक हातमा पाँच सय अर्को हातमा जुत्ताको ताल् त्यस्तो। उता जन्ति पाटी कराउन थालिसके--"के हो जुत्तै आएन, पैसा लिएर टाप हो कि क्या हो?"

केहि उपाए सम्झिनै सकिन अनि गएँ दुला भएको ठाउँमा त्यो जुत्ता लिएर। अघि सम्म त जन्तिहरु मात्र हल्ल गरिराथे अब त दुला नै तर्सिए, जन्तिहरु भन्दा ठुलो दुलाको पो आवाज सुनियो--"के हो त्यो", दुला तर्सेको देखेर दुलालाई त हेर्नि सकिन , हाँसो पनि उठ्यो, डर् पनि लाग्यो अनि परिस्थिति अनुकुल नरम भएर जन्ति तिर हेर्दै  भने--"भिनाजु को जुत्ता"

Last edited: 10-Dec-07 09:50 PM

 
Posted on 12-11-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिकाले लेखेका अस्ति अस्तिका कथा चै यता चै नदेख्लान भनेर चुरोट तान्दै गर्दाको मजा अन्तिम् अन्तिम् सर्को तिर पुग्दा जस्ले नदेख्लान भन्या उनैले देख्या जस्तो हुन्थे -- यसपालि चै फिल्टर सम्मै पुर्याउँदा नी कसैले नदेख्या जत्तिकै भयो।

कलेजोलाई चै दिपिकाको लेखाई देख्दा लक्ष्मीपूजाको दिन घर भित्र छिर्या जस्तो हुने रे छ मलाई चैं दशैंको दिन मामाघर पुग्या जस्तो भयो।


 
Posted on 12-11-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ला हेर ठुल्बैनीले सिका' कुरो नि कस्तो हो। जुत्ता झुन्डयाएर जानु रे त्यो पनि काँधमा हैन कानमा!

राम राम राम! यस्तो बिधि दाईको माया नै लाग्ने भ' "बरु खालि खुट्टा जानुस" भनेर भन्या भए हुन्थ्यो नि।

हाहाहा मास्टरनी नानिले त जुत्ताको सुरक्षा पो गर्नु भएछ त!


 
Posted on 12-11-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् दीपीकाजी! स्याड कथाहरु पनि ठिकै हुन्छन हुन त तर पनि तपाइईको रमाइलो कुराहरु सुन्न मन लागेर भनेको हो!

 

लोल दीप!

मलाई चाहिँ लुसुक्क कौसीको डिलमा टुक्रुक्क बसेर धोबिखोलापारी हेर्दै गणेश बिँडि तानेको जस्तो भयो!


 
Posted on 12-11-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन आफुले यति दुख गरेर लेखेको कथा चुरोटको धुँवा सगँ त नउडाम्न दीप र माइला दाई


 
Posted on 12-11-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा देख्नु भो त हजुरकी बुइनिले हजुरलाई कम्ती माया गर्छ। लु अब कुरा यता उती मोद्ने होइन मैले त सुरुमै भन्देको छु $५०० नलित ढोका बाट चिर्नै दिन्न। नदिने भए यो हिउको बेला बाहिरै सुत्ने बन्दो बस्त मिलाउनुस्।


 
Posted on 12-11-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika ji! well said.. vinaju haru lai sali vayepachi ramailoyo pani ani bihe ko din jutta ko lagi tension pani. please do write more.

 
Posted on 12-11-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

दिपिका,

मलाई चै  हजुरको कथा पढेर दिपले भन्या जस्तै दसैमा मामा घर गएर  टिका लाएर  गोजिभरि टन्न पैसा राखेर  अनि खेरि बेला बेला गोजि छाम्दै मासु भात खा जस्तै लाग्यो

अब त कसो खुशी नहोलिन दिपिका   यति फुर्काए पछि


 
Posted on 12-11-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ न मिस्, म त हजुर् को कुरा मा जहिले नै खुसि छु नि

 
Posted on 12-11-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ आज त आफ्नु दिपिकालाइ क कस्ले के के भने भने, तेहि झोँकमा म पनि भनिदिन्छु

तिमिलाई हेरेर कती दिनहरु बित्यो
कती महिना बित्यो,कती बर्ष बित्यो
कति पिरहरुमा नि हाँसेकै देखियो
परेलि भिझ्दा नि ओठना मुस्काननै देखियो

 
Posted on 12-11-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कलेजो,

"आफ्नु दिपिका"

कलेजो आफ्नु ठान्योउ खुशि लाग्यो, तर आफ्नु ठान्नेले यसरि आफ्नु परिचय नै नदिकन जे पायो तेहि भन्नु राम्रो हो त?

 
Posted on 12-11-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very nice presentation............You have used very common language which is used in our daily life........Very interesting.......  It seems a true incident...........

Keep it up.......


 
Posted on 12-11-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका,

म त जिस्केको मात्रै हो, तिम्रो लेखै धेरै नै राम्रो छ, हुनत तिमी भन्दा भाषा र शैली मा पोख्त अरुहरु पनि छन्, तर तिम्रो मन् देखिको लेखाई देरै नै स्वोच्छ छ, तिम्रो कथा पढ्ने मजा नै अर्कै छ, नरिसाउ है

क.ले.जो.


 
Posted on 12-11-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep and Dipika would make a great pair (wrt to their writing styles)

Keep going Dipika.


 
Posted on 12-11-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुवाँमा उडाको' हैन दीपीकाजी! यसो कुरो पो गरेको त दीप संग!

भनेसि 'क.ले.जो= कमअन लेट्स जोक' रेछ हिसाबले


 
Posted on 12-11-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे जिन्दगि नै जोक भैसक्यो के भनु म?

 
Posted on 12-11-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


rmxyz..thnak you very much for your comment, it is infact a true story

shirish..it is a great nobility that u compared me with Deep...thank you very much

kalejo...I am not mad at you at all, I am just letting you know about how I am feeling.

mailaa dai...maile ठट्टा matra gareki

 

 
Last edited: 11-Dec-07 10:38 AM
Last edited: 12-Dec-07 02:45 PM

 
Posted on 12-11-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो, लेख्दै गर्नुस्, हामि पढ्ने छदैछौं
 
Posted on 12-11-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting, keep it up dipika ji. hope to read more from you.


 
Posted on 12-11-07 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very funny. Did it really happen, or is it just one of your imaginative humors? Whatever the case is, you’re good at presenting it in writing. Good job. Hope to see your posts more frequently.


 
Posted on 12-11-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice job dipika  ji.....

hajur ma pani lekhak hune khubility chai rayecha ....

i have read your all stories and find this one to be interesting.keep it up..

BY the way dipkia ji ...u call it co-incident  or anything, how u know the name of my dog.?????? 


 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters