Tusaro
Replies to this thread:

More by Tusaro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali word and its definition

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9  
[VIEWED 65898 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 09-03-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since we all have different origin and background, I think it will be nice to discuss certain Nepali words here in Sajha. People can give certain words and let other people say what it is and reveal the exact definition later on.

साहीत्तिक शब्द सिक्नु - सिकाउनु मेरो लक्ष होइन। गांउले, ठेट, खरो, झर्रो शब्द सिक्न पाउनु नै यो धागोको मुख्य लक्ष रहेको छ।

मेरो पहिलो शब्द: पुल्ठी
 
Posted on 09-06-06 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल साथी हरु केही नयाँ शब्द
१ = मौवा
२ =ओरिगाठे
३ =पञ्चमृत
४ =लिस्नो
५ =कोर्‍रा
६ =पिण्डा
७ =श्रीख्ण्ड
 
Posted on 09-06-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१ = मौवा = a kind of tree
२ =ओरिगाठे =
३ =पञ्चमृत =( mixture of 5 amrit)usually distributed during pooja aaja eventhough its not real amrit, made out of milk and some other ingridients
४ =लिस्नो = ladder made out from a tree??
५ =कोर्‍रा = chhadi with long lash at the end
६ =पिण्डा = ball of rice after shraaddha
७ =श्रीख्ण्ड = kind of wood , used to make chandan
 
Posted on 09-06-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरिगाठे = एक किसिमको किरा, गड्यौंला जस्तै तर ठुलो, खुट्टैखुट्टा हुने
 
Posted on 09-06-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am back with some answers. Hopefully people didnot run out of words. I am actually having difficulty to find something common to all.

तोस्रो: काँक्रो वा घिरौला आदि टिप्न बनाएको बाँसको लामो घोचो। प्राय तुप्पोम सानो groove हुन्छ। त्यो groove मा काँक्रो वा घिरौला को भेट्नु छिराएर बटार्नु पर्छ।
बकेर्नु : दिनको एक चोटी मात्र दुहुन मिल्ने गाई, भंसी
तप्केनी : पाली वा छानो बाट चुहेको पानी , नुहाए पछि कपाल बाट चुहिने पानी
ढोड : सुकेको मकैको बोट
धुपौरो : धुप बाल्न प्रयोग हुने भाँडो
लैनो : ब्याउने बित्तिकैको माउ, दिनको दुई वा बढि चोटी मात्र दुहुन मिल्ने गाई, भंसी
टाँगो : लामो बाँस जसको टुप्पो लाई भाँचेर 1 जस्तो गरी बाँधेको हुन्छ। यसको प्रयोग बाँस नुहाउन - बाँसको घाँस काट्न गरिन्छ। बाँसमा टांगो लाएर टने पछि बाँस भुँईको नजिकै आउछ अनि घांस काट्ने।
छ्वाली : गहुँको ठाँठ
भेट्नु : फललाई बोटमा जोड्ने भाग
लाइ : सिमी प्रजातीमा लाग्ने मसिनोलेउ जस्तो किरा
किर्नु : गाइ गोरु को शरिरमा टाँसिएर रगत चुस्ने डल्लो किरा
घुन : धान, मकैमा लाग्ने कीरा, घुन र पुत्ला वा पुत्ली सँग-सँगै लाग्छ तर तिनीहरुको के सम्बन्ध छ कुन्नि
पुत्ली: धान मकैमा लाग्ने सानो सानो सेतो पुतली जस्तो किरा

-----

भउतेजी ले धेरै मिलाउनु भएकोमा बधाई
 
Posted on 09-06-06 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही शब्दहरु है त फेरि

चिर्पट
ताउ
जिस्ता
गाता
फुल्टिन
फापर
फुरौला
ठेस लाग्नु
चुला(not fire place)
लाजा
 
Posted on 09-06-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुम : आँपलाई खुदो वा सख्खर राखेर पकाएको ताजा अचार जस्तो खानेकुरा
गराली : दुइटा खाँबोमा प्वाल पारेर तेर्स्याएको काठको लठ्ठी
झ्वाईँखट्टे: घिउ तताएर झ्वाईँ पारेको रक्सी ( रुघा लाग्दा यसरी झ्वाईँखट्टे बनाएर खायो भने निको हुन्छ रे)

ss74k जी तपाईँले झ्वाइँखट्टे खानुभएको जस्तो छ नि। :-)

चिर्पट : चिरेको दाउरा
ताउ : फलामको प्यान (तावा)
जिस्ता : खोल, कभर
गाता : जिस्ता :-)
फुल्टिन : पेन, चाइना फुल्टिन, तिन पाने रक्सीले झन्डै गुल्टिन :-)
फापर : यो त अन्न हो सायद सबैलाई थाह होला
फुरौला : मासको पीठोको डल्लोलाई घिउमा फुराएको
ठेस लाग्नु : हिँड्दा खुट्टाको औँला ढुङ्गामा ठोक्किनु
चुला(not fire place) :-(
लाजा :-(


नयाँ शब्द: (सबै खानेकुराहरु)

फिनी
अनरसा
अर्सा ( यसको अर्थ पहिले नै आइसके जस्तो लाग्छ)
बँदिया
सुठौरा
मुड्कौला
खिउनी
झर
मसौरो
ओखति-पुवा
चाम्रे
चिच्चर
लट्टे
खिचडी (खिच्रो)
मालपुवा
जुल्फी
 
Posted on 09-06-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिनी
अनरसा
dashai tihar taka ghar mmai banaine mithaiii...fini chahi seto huncha, anarsa ta khako ho birshe kasto hucha.
khichadi bhanya dal bhat tarkari sabbai sanga misayera pakaine.
julfi bhanya chiso mithai hoina?
 
Posted on 09-06-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिर्पट : चिरेको दाउरा - ठिक
ताउ : फलामको प्यान (तावा)- बेठिक
जिस्ता : खोल, कभर - बेठिक
गाता : जिस्ता :-) - माथिको बेठिक भएकोले
फुल्टिन : पेन, चाइना फुल्टिन, तिन पाने रक्सीले झन्डै गुल्टिन :-) - ठिक
फापर : यो त अन्न हो सायद सबैलाई थाह होला - ठिक
फुरौला : मासको पीठोको डल्लोलाई घिउमा फुराएको - ठिक
ठेस लाग्नु : हिँड्दा खुट्टाको औँला ढुङ्गामा ठोक्किनु - ठिक
चुला(नोत् फिरे प्लके) :-(
लाजा :-(


नयाँ शब्द: (सबै खानेकुराहरु)

फिनी - हामी पत्रे भन्छौ, पत्रै पत्र भाको मैदाको खानेकुरा
अनरसा - गुनियो, चामलको रोटि। अमेरिकाको Costco मा हेर्दा अनरसा जस्तो खाँदा ठिस cookies पाइन्छ।
अर्सा ( यसको अर्थ पहिले नै आइसके जस्तो लाग्छ)- माथि आई सकेको छ।
बँदिया - था भएन
सुठौरा - था भएन
मुड्कौला - था भएन
खिउनी - था भएन
झर - फुलेको एक प्रकारको रोटिको किसिम
मसौरो - था भएन
ओखति-पुवा - सुत्केरीलाई ख्वाउने nutritious पुवा।
चाम्रे - चामल लाइ घिउमा भुटेर पानीमा पकाएको गुलियो वा नुनिलो भात
चिच्चर -था भएन
लट्टे - कोदो जस्तो दाना भएको अन्न। भुटेर खान मिल्छ।
खिचडी (खिच्रो)- traditionally कालो माँसको दाल आधा - आधा चामल मिसाएर पकाएको भात
मालपुवा - pancake जस्तो रोटी
जुल्फी - जेरी, जिलेबी, जुलबी, जुलफी, जुल्फी???
 
Posted on 09-06-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिच्चर= आनन्दि चामल को एक प्रकार को परिकार या आनन्दि चामल को भात नै भनौ न !
मालपुवा चामल को पिठो लाई घिउमा मा भुटेर बनाउने पुवा जस् लाई मालपुवा भनिन्छ
( halkaa sweet )

लट्टे = हरियो साग मंसिर पुष माघ महिना मा खेत मा पाईन्न्छ
 
Posted on 09-07-06 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिलसुबेदीजी,

अनि पुवा चाहि के लाई भन्ने। म त confuse भएँ । मैले त तपाईले describe गरेको लाई पुवा भन्ठानेको।
 
Posted on 09-07-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is here any Nepali who can all the aplhabets in Nepali from "KA" to "Gya" in it's correct order.
We all can use all 36 (I think) alphabets when needed, but I have never meet any nepali who could every alphabet.

I know it does not matter, but it is funny that we can write them when needed but we cannot remember them all.
 
Posted on 09-07-06 1:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क ख ग घ ङ च छ ज झ ञ ट ठ ड ढ ण त थ द ध न प फ ब भ म य र ल व श ष स ह क्ष त्र ज्ञ
 
Posted on 09-07-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुसारो जि अब केही नेपाली उखान हरु पनि सुरु गरौ न !



आघी माथि मैले माल पुवा को अर्थ गलत दिएछु तपाईं नै शाही हुनु हुदो रहेछ !
 
Posted on 09-07-06 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिर्पट : चिरेको दाउरा - ठिक
ताउ : कापी को बिच बाट निकाल्न मिल्ने २ पाना।
जिस्ता : हिसाब गर्ने सादा A4 size को कापी। स्टिच गरेको हुदैन। प्राय ३२ ताउ हुन्थे हाम्रो तिर
गाता : किताबको बाहिरी cover, जिल्ला पनि भन्छन् कतै कतै
फुल्टिन : पेन, चाइना फुल्टिन, तिन पाने रक्सीले झन्डै गुल्टिन :-) - ठिक
फापर : यो त अन्न हो सायद सबैलाई थाह होला - ठिक
फुरौला : मासको पीठोको डल्लोलाई घिउमा फुराएको - ठिक
ठेस लाग्नु : हिँड्दा खुट्टाको औँला ढुङ्गामा ठोक्किनु - ठिक
चुला: एक किसिमको माला बनाउने हलुको खोस्टा। exactly कुन plant को हो था भएन तर मकैको ढोडको भित्री भाग जस्तो हुन्छ
लाजा : धान भुटेपछि आउने फूल
 
Posted on 09-07-06 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुसारो जी, धान भुटेपछि आउने फूल त लावा हैन र ?
 
Posted on 09-07-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनिलसुबेदीजी र तुसारो जी हरुले माल् पुवा सम्झाएर ल हेर के गर्या होला त्यस्तो, अहिले भोक लागिरा बेलामा? :P
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters