[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bhale----------Deep

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 18199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-03-05 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको बयान साझाका एक ससक्त ब्यक्तित्व "ओयस चिल"को घर अगाडी बाट गरौं
कि जस्तो लाग्यो। ओयसको घर अगाडि म, बाङ्गे, प्रमोद अर्थात पण्डित
(राँगाको मासु खादैनथ्यो, अनि के भन्नी त? ) र बाले पोखरी
पछाडि पारेर भोलिको कार्यक्रमलाई मु्र्त रुप दिन सल्लाह गर्दै थिम्। ओयसको घर
अगाडी पू्र्व फर्केर उभिदा दाईने अर्थात; दक्षिण पट्टि ओयसको घर, मालीगाउँको सुदुर पश्चिमीभाग हुँदै
ज्ञानेश्वर पर्थ्यो; उत्तर पट्टि पोखरी, भिमसेनथान-ढल्कु, बिशालनगर; पश्चिम पट्टि टङ्गाल गणेश, गैरिधारा; अनि पूर्व पट्टि भगवति थान, कोटालटोल र
सुदुर पूर्व जिरा मरिचदाईको बृहत सिफल।

समय अपरान्हको यस्तै चार चानचुन भाको हुँदो हो किनकि बिज्ञापन सेवा भर्खरै
सक्या थ्यो। हामी लाग्यौं पू्र्व तिर। भगबतिथान पछाडि गएर धुवाँ त तान्नै पर्यो।

ए पण्डित, तँ **जि थरथर हो कि के हो ऐले नै? बाङ्गेले जिस्कायो पण्डितलाई।
के झाँ*को थरथर नि! पण्डितले घुरेर बोल्यो। आज अलि चिसो चिसो रे छ, थप्यो
पनि। बाङ्गेले एउटा सानो सिसिमा बाउको रक्सि हालेर ल्यारेछ, खल्तीबाट झिकेर
पण्डितलाई दिदै भन्यो, ला गति पर्। पण्डितले केइ भन्नु गर्नु अघिनै बालेले
सिसि झ्याप हानेर सप्पै घुट्काइदियो। भनाभन भो। मनपरि शब्द नबोले त जिब्रो
बान्या जस्तो हुनी बोलेको स्वादै नआउनी। मन खोलेर भनाभन हुदैथ्यो, मन्दिर छेउ
बाट एउटा ठुलै मान्छेले लात खान मन लायो भनेर सोधेसि, अलि सानो
सोरमा बालेलाई सराप्दै मन्दिरबाट निस्केर लस्किम पूर्व।

....
 
Posted on 09-03-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामि आज धुम्बाराइ जान ला। जानी हैन त? ल लागुम त। कोटालटोलबाट
हाडिगाउँ - मालिगाउँ फ्रि वे मा आइपछि देब्रे लागिम हामि। डबली देब्रे, दाइने सरसोतिथान पार्दै लागिम
उत्तर, धोबिको ड्राइक्लनिङ, बेखालाल, र शान्तारामको पसल, सिठ्ठाको काठ कारखाना
हुँदै भुतेश्वर जक्सन पुगियो। त्या बाट ओरालो लाग्दै ढुङ्गेधारा, पञ्चेधारा,
जोगिकुटि हुँदै बिशालनगर तिर बाट ओरालो लागेर आएको बाटोमा मिस्सिएम र
दाईने लागिम।

त्या सडक छेउमा सिमेन्टिको बोरा ओछ्याइर बस्या रे छ एउटा केटो तरकारि बेच्न खहरे
छेउमा। ग्राहक चै एउटी राम्रि केटि र तेस्कि आमा होलिन थिए। बाङ्गे नि पुग्यो
भाउ सोध्न कत्तिन किन्ने हो कि जस्तो गरेर। आँखा चै बाङ्गेका तरकारीमा
भन्दा केटिमै झुम्मेका थिए।

कसरि देको हँ? बाङ्गेले सोध्यो तर पसले केटो आमा छोरी ग्राहकमै ब्यस्त भो।
जबाफ दे न। भाउ दस रुप्या रे छ भनेर त बाङ्गेलाई था भो त्यो आमा चैं ले
पैसा तिरेसी तै नि केटिको अगाडि त्यो तरकारी बेच्नेले बाल नदेको मन परेन
बाङ्गेलाई। आमा छोरी बाटो लागे नि बाङ्गेले फेरि सोध्यो भाउ, "ए, तैंले सान देको... भाउ के
भन्या सुनिनस?"

पसले केटोले किन्नी सिन्नी हैन भनेर होला अलि झर्केर भन्यो
डस... डस

झाँ* पनि डस्दैन...सर्प हो र मु* म? बाङ्गेले जबाफ पेल्यो।

हरिप दिईस ल बाङ्गे। पण्डितले अङ्गालो मार्दै भन्यो।
केटि ले डस भन्या भे नी ल बिचार गरम न त मु** काँ डस्नी
रे छ भन्नु यो *जी खत्तमलाई
काँ डस्नी? बाङ्गेले ऊस्का कुरा मन पराए साथिहरुले भनेर थप्यो।

...
 
Posted on 09-03-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, साँच्चि बाङ्गे अस्ति राति म काँ आथ्यो सुतान दिन। बाङ्गे शिबदाईको बैनी
नितालाई ब्या गर्छु भनेर भुसुक्कै लाग्याथ्यो। टोलमा धेरैलाई था थ्यो। तेइ
भेर देखादेख हुँदा शिबदाईले हरिप घुर्थ्यो बाङ्गेलाई। बाङ्ग्या रेपुटेसन भनेनी इज्जत भनेनि टोलमा
राम्रो थे न। अस्ती पानि पर्या दिन, लभ लेटर बोकेर पुगेछ बाङ्गे निताको घरमा साँझ तिर
बाउको रक्सिले जिउ तताएसी।

को हो हँ? शिबदाईले सोधेछ।
बाङ्गे चुप।

को हो ए ?
झन नजिकै आयो शिबदाई भर्याङ ओर्लेर, ढोका त बाङ्गेले आफु छिरेसी ढप्काएछ किन हो, दशा लागेर होला।
अध्यारो निष्पट, ढोका खै कता हो। शिबदाई राति सम्मै बाहिरै हल्लिन्थ्यो, तै भेर
बाङ्गे शिबदाइ घर आउनु अघिनै लेटर दिन पुग्या रे छ। पानी पर्या दिन भे र शिबदाई त घरै।
बत्ति ट्रान्सफर्मर पडकेर मु** हावा खाईसक्या थ्यो।
पानि झम झम बाहिर परि रा...लेख्या लभ लेटर दिन सजिलो हुन्छ भनेर झन
सटको खल्तिमा राख्या रे छ बाङ्गेले भिजेर मसि खल्ति तिर सरी सक्या एक छिन भै सक्या रे छ।

को भन्या तँ? शिबदाइले ठुलै सोरमा सोधेछ।

डरले बाङ्गेको मुख बाट "म" फुत्त निस्केछ। भो अब।
को म? शिबदाई सन्कियो।

चिनेन छ भनेर बाङ्गे ढोका खोज्न तिर लागेछ निस्केर टाप हान्छु भनेर। तर ढोका
खोज्दा धोका मिलेछ। छामछाम छुमछुम गर्दा गर्दै बाङ्गेले छाम्न पुगेछ शिबदाई लाइ।
अध्याराँ आफ्नो घराँ छिर्या छ मु*जी को हो को...अझ झन आफ्नो जिउ समेत छाम्न थालेसि शिबदाई अलि आत्तेछ र दुई चार
खुडकिला भर्याङ चडेसि सलाई झ्यारर कोरेर हेर्छ त बाड्गे। देखा देख भो। दाईले भर्याङ
फिर्ता ओर्लेर ढोका खोलेछ। ओज्यालो अलि अलि भे नी भो।

ए! बाङ्गे के गरिरा हँ त याँ? शिबदाईले तातेर सोधेछ।

केहि हैन दाई, कस्तो पानी परिरा भन्या हइ अनि..म त्याँ चाबेल गा थेँ .. बाङ्गे कथा रच्दै रे छ केइ न केई
त भन्नै पर्यो भनेर तर शिबदाइलाई उस्को कथामा खासै रुचि रेनछ, भर्याङ समातेर
बौध्दमा हेर्या कम्फुको एक साउलिन किक बजाएछ बाङ्गेको पेटमा। बाङ्गेले नी तु बुझेछ शिबदाईको कथामा मन लागेन अब म जति सक्दो चाँडो बत्तिन याँ बाट भने
मेरो कल्याण छैन भनेर। कथा अधुरै छाडेर बाङ्गे उस्को घर तिर लागे शिबदाइ चैं घरैमा आइपुग्ला भनेर म काँ हाजिर भा रे छ ।



...
 
Posted on 09-03-05 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, कुरो त कता पो लागेछ।

अनि खहरे टुकुचा पास गरेसी हल्का देब्रे मोडिएर उत्तर क्रमश: लागेसि
त्या पसल अगाडिबाट दाईने लागिम हामि। एक दुई वटा मोड लिएर देब्रे तिर त्यो धारा छोडे
पछी त आइपुगी हालियो, धुम्बाराइको रुख मुन्तिरको धुम्रबाराही मन्दिर। मन्दिर
अगाडिको चौरमा नबसेर मन्दिर पछि ल ागिम, अन्तिम तयारी र मौकाको ताकमा।

भोलिको पिकनिकलाइ कुखुरा चोर्न आको हामी, कुरा खुलस्तै गर्नु पर्दा। पण्डित
आफु राँगो नखाने भा भे र त्याँ धुम्बाराइमा कुखुरा पाल्या घर पत्ता लार कुखुरा
झ्याप हान्ने योजनामा हाम्लाई नी समेट्या थ्यो।

कस्ले चोर्छ नी भाले? मैले सोध्दा "किन म मरें र?" भन्दै मलाई उल्टो सोध्ने पण्डित
ऐले मन्दिर पछाडि आएसि चाईंचुई गर्दैन बा!

ए मु** पण्डित, जान त के साइत हेरेर बसि रा? मैले भनें।
पख् न त मु** एक छिन, भन्छ पण्डित त!
बाले चै अगि रक्सिमा किचकिच परे देखि खास बोलेकै छैन। जो चोर उस्कै
ठुलो सोर भनेर हाम्ले नि बाल देनम्।

कुन घरमा छ भाले? बाङ्गेले सोध्यो। पण्डित बाटो लाग्यो, हामि पछि लागिम्।
हो रे छ, घ्वाँक भाले रे छ त्यो घर मा त (कुन घर चै नभनम होला, साझामा
को को आउँछ को को)। भाले हेरेर पण्डित फेरि मन्दिर पछि आयो, अलि साँझ
परेसि भन्दै। मन्दिर पछाडि हामि बसिरहेम्।

चुरोट छैन कसै सँग? मैले सोधें।
टाउको हल्लाए सबैले छैनमा।

"बिंडि छ म सँग तान्ने भे" बाले बल्ल बोल्यो।
बिंडि त घ** नी तान्दिन भन्न लाइसक्या थें तर तलतल लागि सक्या भे र
"खै ले" भनें।

ह्या *जी शिव बिंडी खत्तम छ यार, गणेश राम्रो छ के। गणेश बिंडी नी नक्कली
हुन्छ। रजिष्ट्रि नम्बर २१२ चैं असलि हो। पण्डितले बिंडी बिषयमा उस्को
दखल कत्तिको छ प्रष्ट पार्यो।

केइ नभेटे कागज बेरेर त तान्ने हाम्ले शिव बिंडि न तान्ने त कुरै भे न।

पण्डितले आलटाल गर्दैथ्यो बाले जुरुक्क उठेर हिन्यो। तु्र्कान दिन गा होला भन्या त
एक छिन भो दुई छिन भो आउदैन बा बाले त। रिसार घर तिर लाग्यो कि जस्तो लाग्यो। तेसो त नगर्नु पर्ने हो।
तेति जाबो रक्सिमा अगि धेरै किचकिच भो के, पण्डित बोल्यो।
तँ मु** लामो कुरा नगरि खुरुक्क जा त भाले लिन हैन भने राँगा मासुमा फेला
पर्लास भोलि। मैले झर्किदै भनें।

पण्डित लाग्यो भाले चोर्न त्यो घर तिर। एकै छिनमा गुरुरु मान्छे दौड्या आबाज
आयो। कुखुरा भा घरको मान्छे ले पण्डितलाई लखेटेको हुनु पर्छ भनेर हामि पनि
टाप हान्या त पण्डित पख पख भन्छ पछाडि बाट। कुखुरा ल्याएछ पण्डितले
भनेर रोकिएर हेर्या त कुखुरो सुखुरो त छैन बा!

स्वाँ स्वाँ गर्दै पण्डितले भन्यो, "बालेलाई समातिरा छ त्याँ...म जान्छु भन्दा भन्दै
मु** बाले गएछ भाले समाउन....क्या बोर।"

************
 
Posted on 09-03-05 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one deep bro

loved it.

waiting for some more.


 
Posted on 09-03-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la jaos deepji aru pani , a ta tapain ko Fan nai ho kyare, nakkali aswastha hawa dine bhaye ni ;) Yi chahin jyadai ramro lageka haraf haru .
मनपरि शब्द नबोले त जिब्रो बान्या जस्तो हुनी बोलेको स्वादै नआउनी। मन खोलेर भनाभन हुदैथ्यो, मन्दिर छेउ बाट एउटा ठुलै मान्छेले लात खान मन लायो भनेर सोधेसि, अलि सानो
सोरमा बालेलाई सराप्दै मन्दिरबाट निस्केर लस्किम पूर्व।

पसले केटोले किन्नी सिन्नी हैन भनेर होला अलि झर्केर भन्यो
डस... डस

झाँ* पनि डस्दैन...सर्प हो र मु* म? बाङ्गेले जबाफ पेल्यो।

हरिप दिईस ल बाङ्गे। पण्डितले अङ्गालो मार्दै भन्यो।
केटि ले डस भन्या भे नी ल बिचार गरम न त मु** काँ डस्नी
रे छ भन्नु यो *जी खत्तमलाई
काँ डस्नी? बाङ्गेले ऊस्का कुरा मन पराए साथिहरुले भनेर थप्यो।

 
Posted on 09-03-05 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"केइ नभेटे कागज बेरेर त तान्ने हाम्ले शिव बिंडि न तान्ने त कुरै भे न।"

nostalgia......
 
Posted on 09-03-05 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto garo bho padna. ali phursat ma padulai hai?
 
Posted on 09-03-05 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो बिधी फोहोरी कुरा गर्नु हँदो रहेछ, सानोमा त । हिजाऽज पनि त्यस्तै हो दीप (हो कि डिप) जी ;)

Keep rolling...
 
Posted on 09-03-05 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Sakauchhu bhanera thaleko ta ...afule bhane jasto kina hunthyo---bhadragol bhe ra ke bhanne bharkhar firta aaye afno station ma...will try to write chhittai."

I wonder whose words were these. Heheh ;)

Questions gnarling in my head are

1) Arun and Dibya did meet or not?
2) What were their relation; unspoken love (Copy right: Nirman ;)) or otherwise?
3) How is it going to end?
yestai yestai yestaii... ali lageko belaa ma yesta ho kyarne deep bro hehehe. Afulai audai tyasari pokhnu sano belako kurooo. Dyamn :s

Aba indra ko agadi ke swarga ko bayaan garnu. Harek katha, I enjoy. Yeti matra bhanchu.

Kehi garnus prabhu.

IndisGuise:)

P.S: Quagmire ma chu ma. :(


 
Posted on 09-03-05 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sifal ko Marich dai ko pani kura tara maligaun ko mussa khoi ta?
 
Posted on 09-03-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suman abara ko hal ke chha ni?

 
Posted on 09-05-05 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau bhanam bhanera
 
Posted on 09-11-05 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaanch deep dai!
ghar ko geographical location ta Google Earth le bhanda ni dami bhandyo ni. (except for the bhagwati than part). your katha is jhakkas as usual. ktm ma huda....ek din bato ma hiddai thiyen......deep dai le macha mareko khola bhanera ek kodak moment bhai halyo...huna ta jira dai ko sifal , ani aroo handigaonle friendly pics ni cha........pachi tasumla.


 
Posted on 09-11-05 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mula ho maa ta katha aayo bhaneko ta
 
Posted on 09-11-05 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा ले कथा भरि फोहोरी कुरा मात्रै बोल्न लगाउँछ आफ्ना पात्रहरुलाई, अर्कोले ढलको र फोहोर फ्याँक्नी ठाउँको फोटो टाँस्छ ;)

Keep rolling...
 
Posted on 09-11-05 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त राम्रै रहेछ तर यार मु** त्यो खोलि त गनायो यार । तर त्यो म** गनाउने खोलाको तिरमा कस्ता दामि दामि घर नि फेरि । लामो दारि बिजोग हुन्छ होला त्यो घरमा बस्नेहरुलाइ । तर मालाइ घ** मतलब ।
---------------------------------------------------
स्वर मा स्वर मिलाको है ।
 
Posted on 09-11-05 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep as always well narrated.
Deep and Oys, aru ni jawos yaar.
 
Posted on 09-11-05 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Harkedai,
" loved it", rey? Bidyanas?

Pundit,
" .....tapain ko Fan nai ho kyare, nakkali aswastha hawa dine bhaye ni.."

Kwatiko intake ali kam garnu paryo, prabho... nakkali aswastha hawa dine kam ramro haina bhanchhan kyare...
hunata prabho afai pundit ...maile ke bhani rana parchha ra...

John Galt,
Nonhurting nostalgia is the best "maal" there is. kaso?

NK,
fursat ma padhan dinchhu bhanera garib lai rin nadini tara dimla bhanni sahu jasto gardini? hetteri!

Shree 5,
sana ma jasto bolna ta ka paunu ni prabho achel! maukama chauka chai hanam hanam jhai chha lagchha la...kassam achel pani!

btw, tanya belama Deep (gahiro kya) natanya belama deep (gulup) ho kyare ma.

Indibro,
Dibya ra Arun le ni borai gare ni? ma lyamchhu prabho tiniharulai...chhodne ta kurai chhaina!

Whatsup,
taremam hai. maligau bhanyo ki jay singh dai ra bijay singh daiko yad aaucha...thar thar hunchhu prabho---ke bhako ke bhako..

Oys bro,
Velcom vyak! bro le kanfuz gardyo yar..."except for the bhagwati than part" rey? how come? bro ko ghar bhagwati than bata west haina ta?

dhobikhola ko tasbir dekhera ta kya khattam lagyo ni...tasam tasam aru ni tasam hadigaule photo...hami pani kalpana ma matrai bhaye pani ghumam na.

nepalean,
ho ho swar ma swor milauna parchha,...tyam pani hunai layo aba ta...
bhana bhana bhai ho.....
ye swor milaikana...

DWI,
prabho, dherai pachhi taremam bhanna payio gathe....




 
Posted on 09-12-05 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा ले कथा भरि फोहोरी कुरा मात्रै बोल्न लगाउँछ आफ्ना पात्रहरुलाई, अर्कोले ढलको र फोहोर फ्याँक्नी ठाउँको फोटो टाँस्छ ;).......

aba jamanai kharab cha mawusooph sarkaar! aba tanneri haru ke jati tantra chaiyo..ki prajatantra lay ...nabhey gantantra lay..bhanera dini bhey sida dey nadinibhey bida dey bhanya jasto gari ra belama yo photo lay alikata bhey ni attention divert gardya cha...aajkaal pheri yasto phori dhal khyaal kaam laagya cha ra..bakulla harulai phora hanna

deep sir ko yo katha kaso kaso gari miss bhey cha......aajkaal ta 5 minute tikna na garho cha sajha ma......siphalya dilbata saikal khoormooriya jasto huncha........
prabhu.........arko ni kukhro hanna jaani haina aba! palo ta merrai ho bhanera basi ra ho la ni panditey bajjey!!!!
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters