अहम् अहम्:
एउटा फरक किसिम को कथा, है त?
Disclaimer: यो कथाका सबै पात्रहरु काल्पनिक हुन। यदि कसै सङ्ग मिल्न गएमा केवल संयोग मात्र हुनेछ।
(कथा सुरु):
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
"१.... २... ३...."
म हेलिकप्टरबाट हाम्फाल्छु।
“वाह्! उडिरहेको हेलिकप्टरबाट हाम्फाल्नु को मज्जै अर्को हुने। पृथ्वीको गुरुत्वाकर्शण भन्दा बाहिर को यो मेरो पहिलो अनौठो अनुभव” यो मेरो जीवनको अत्यन्त रमाइलो पल हो। म हावामा उढिरहेको छु। मलाइ पृथ्वीको गुरुत्वाकर्शणले तानेको छैन। म चरा झै हावामा उधिरहेको छु। मैले लगाएको सेफ्टी सुटले मलाइ टम्मक्क बाँधेको छ।
“टिरिङ्ग! टिरिङ्ग!” त्यो शान्त वातावरणलाइ खल्बलाउदै मेरो गोजीमा रहेको फोनको घन्टी बज्छ ।
“लौ जा!! मेरो फोन त भित्रको प्यान्टमा पो छ त। अब कसरी निकाल्ने?"
टेलिफोनको आवाजले मलाइ सताउछ। म कान थुन्ने प्रयास गर्छु। तर यो आवाजले मलाइ सताइरहन्छ। म पसिना पसिना हुन्छु। त्यो आवाज अझै रोकिंदैन।
म झसङ्ग भएर ब्युझिएँ। मेरो टेबल मा रहेको टेलिफोन दुनियालाइ तर्साउने गरि चिच्याइरहेको थियो।
"ओहो! राती को ३:३० बजे कस्ले फोन गरी रा'होला?"
"हेल्लो!" मैले फोन उठाएँ।
"हेल्लो भाइ कति सुतेको हौ, उठ्ने बेला भएन भन्या?"
"को बोल्नु भा'होला?" म निन्द्रैमा थिएँ
"ल भाइ चिनेन मलाइ? म क्रीश ब्रो के।"
क्रीश ब्रो को खास नाम चाँही कृष्ण प्रसाद । हामी युवाहरुको आदर्श। जिन्दगीको यो स्टेज सम्ममा क्रीश ब्रो ले हामीलाइ ४ जुनी सम्म तिर्न नसक्ने ऋण लगाइसक्या'छन। किर्केट टुर्नामेन्ट गर्न, पल्लो टोलका केटाहरु कुट्न, पिक्निक जान, देउसी खेल्न, सिनेमा हेर्न, कलेजमा भर्ना हुन जुनसुकै काममा पनि हामीलाइ सहयोग गर्ने मान्छे भनेका यिनै क्रीश ब्रो। उमेरले हामी भन्दा त्यहि ६-७ बर्ष जेठा होलान्। उनको सबै भन्दा राम्रो गुण भनेको उनले कहिले नि दु:खी हुन जानेनन्। उनलाइ चिन्तित अवस्थामा मैले अहिले सम्म भेटेको छैन। हामीलाइ सधैँ भन्ने गर्थे "हेर भाइ, जिन्दगीमा कहिले पनि हार खानु हुन्न। प्लान बनाइरहनु पर्छ, एउटा असफल भयो भने अर्को जरूर सफल हुन्छ।" हामी धन्य हुन्थ्यौं क्रीश ब्रो का महाबाणी सुनेर।
"अनि क्रीश ब्रो किन नि यो बेला फोन गर्नु भा'त"
"भाइ तिमी कलेज जान छड्यौ कि कसो? जाने बेला त हुनलाग्यो नि अब जुरुक्क उठ"
"दाइ के भन्नु भा'होला हजुरले, मेरो कलेज ८ बजे देखि हो, यो साडे ३ बजे उठेर के गर्नु?" मेरो निन्द्रा अझै खुलेको थिएन। सपनामा हावामा उड्दा रोमान्चित मेरो मस्तिस्क अझै सहि ठाउँमा आएकै थिएन।
"हैन भाइ आज तिमी र म सङ्गै कलेज जाने, अब तिमी तयार हुनु म बाहिर तिमीलाइ पर्खीरहन्छु है। ठिक साडे चार बजे बाहिर निस्किनु" क्रीश ब्रो ले आफ्नो प्रोग्राम सुनाए। मेरो के हिम्मत हुन्थ्यो "नाइ" भन्ने। उठेर तयार हुन लागे।
म तयार भएर बाहिर निस्किएँ, क्रीश ब्रो मलाइ पर्खीरहेका थिए।
"भाइ अलि ध्यान दिएर सुन" क्रीश ब्रो ठुलै कुरा भन्न लागे जस्ता देखिए।
"तिमी सरितालाइ चिन्छौ?"
"कुन सरिता? ए ए! त्यो थापा अंकलको छोरी? चिन्छु नि, तर तेत्ति राम्ररी चिन्दिन। किन?" अब आउन लागेको समस्याले मलाइ घेर्न थालेको अनुभव गर्न थालिसकेँ मैले ।
"पर्ख! मैले उसको बारेमा धेरै जानकारी लिइसकेकोछु।" उन्ले आफ्नो खल्तीबाट लिस्ट निकाले।
"मैले एक हफ्ता देखि उनलाइ वाच गरिरा'थेँ। अनि मैले उन्को सबै इन्फर्मेसन तयार गरेको छु।"
"अनि क्रीश ब्रो मैले के गर्ने नि यो लिस्ट लिएर?" म अलमलमा परेँ।
"भाइ तिम्रो क्रीश ब्रो प्रेममा परेको छ।"
अब मैले बुझ्नु पर्ने केहि बाकिँ रहेन। क्रीश ब्रो ले मलाइ फसाए भन्ने सोच्न थालेँ। "हुन्न" भन्न नि मिलेन तेत्ति धेरै रिण लगा'का छन्।
"अहिले सरिता त्यहाँ बसपार्कमा गाडी पर्खिरहेकी छिन, तिमी त्यहाँ गएर उनि सङ्ग परिचय गर्नु। अब मेरो जिन्दगी तिम्रो हातमा छ भाइ" मलाइ ठुलै काम सुम्पेर उनि लागे आफ्नो घर तिर। म त्यो मिर्मिरे बिहानमा लागेँ बसपार्क तिर नयाँ मिशन लिएर।
"मिशन सरिता"
"सरिता दि नमस्ते" मैले अलि अफ्ठेरो मान्दै नजिकिने प्रयास गरेँ।
उनले मलाइ नचिन्ने त होइन, कत्ति चोटि हाम्रो किर्केटको बलले उनको घरको सिशा फुटा'को थियो। तर पनि आज पहिलो पटक बोलेको।
"ए भाइ, तिम्रो नि यो बेला कलेज जाने टाइम पर्छ?" उनलाइ केही पत्तो छैन म के मिशनमा छु भन्ने।
"हैन दि, आजकाल अलि फ्रेश हुन मन लाग्छ अनि तेहि भएर बिहानै उठ्छु।"
"ओहो अत्ति राम्रो! मलाइ यस्तो मान्छे सार्है मनपर्छ" सरिता दि भन्दै थिइन।
"मलाइ सब थाहा छ" मैले मनमनै भने। त्यो क्रीश ब्रो ले दिएको लिस्टको के काम नि नत्र?
"दि हजुरले हिजो कसौटी हेर्नु भयो?" मैले कुरो झिकेँ
"हेरेँ त" सरिता दि चाख दिन थालिन।
"इन्डियामा नि तेस्तो हुन्छ र? एउटै केटीको तेत्ति धेरै बिहे?"
"यो भाइलाइ कत्ति चाख लाग्या होला यस्ता कुरामा" सरिता दि हाँस्न थालिन।
अब मेरो काम अलि सजिलो हुने भयो। भोलि पल्ट देखि म दिनै सरिता दि लाइ भेट्न थालेँ। हामी ख्याल ठट्टा गर्दै कलेज जान्थ्यौँ।
क्रीश ब्रो बिच बिचमा म सङ्ग 'प्रोग्रेस रेपोर्ट' माँग्थे। म नि उत्साहित हुदै उनलाइ सबै कुरो बेलिबिस्तार लाउथेँ। मेरो कलेजको क्यन्टीनमा क्रीश ब्रो ले खाता खोलिदिएका थिए। दिउसो घुम्नको लागी मलाइ मोटरसाइकल सधिँ तयार थियो। मतलब खाना फ्री, घुम्न फ्री, एउटा रहिस जिन्दगी बिताइरहेको थिएँ।
"अब त भन्नु पर्यो। कत्ति दिन भुमिका मात्र बाँध्ने?" मैले निर्णय गरेँ।
"सरिता दि हजुर लाइ क्रीश ब्रो कस्तो लाग्छ?" मैले आँट गरेर सोधेँ
"ठिकै लाग्छ" सरिता दि ले सजिलो गरेर उत्तर दिइन।
"हजुरलाइ एउटा कुरा भन्छु है?"
"भन न"
"हजुरलाइ क्रीश दाइले अत्ति मनपराउनु हुन्छ। वहाँ ले मलाइ यो कुरा हजुरलाइ भन्नु भनेर पठाउनु भएको। हजुर ले नि "हुन्छ" भन्नु भए मलाइ नि ढुक्क हुन्थ्यो।" मैले एकै साँसमा कुरो सिध्याएँ।
सरिता दि त राता राता आँखा पारिसकेकी रहिछन्। मैले कुरो सकेर उनको अनुहार हेरेको त आँधी आउन लागेको आकाश झैं काली भएर बसेकी रहिछन। मैले सबै कुरो बुझेँ। त्यहाँ बस्नुको कुनै अर्थ छैन भन्दै मेरो दिमागले खतरा घन्टी बजाइसक्यो। म त्यहाँ बाट कुलेलाम ठोकेँ।
"बिचरा क्रीश ब्रो लाइ के भैरा'होला?" मलाइ क्रीश दाइ को सार्है माया लागेर आयो। "उनको एउटा काम पनि गर्न सकिन। मैले के गर्ने नि? अब उनैले मन पराइनन् त मैले के गर्ने? मनपराउने मान्छे ले पनि त मनपराइदिनु पर्यो नि।" मैले आफुलाइ सम्झाउने असफल प्रयास गरिरहेँ।
एक हफ्ता सम्म म बाहिर नि निस्किन। मलाइ सार्है नरमाइलो लागिरह्यो।
"टिरिङ टिरिङ" मेरो फोनको घन्टी फेरि बज्यो। राती को ३:३० बजे फेरि क्रीश ब्रो ले मलाइ फोन गरे।
"भाइ तिमी चाँडो तयार भएर बाहिर आउ त" क्रीश ब्रो को हुकुम आयो।
म सोच्न थालेँ, "ओहो! त्यो सरिता दि ले कुरो बुझ्नु भएछ। दुइ जनाको कुरो मिल्यो जस्तो छ।" म खुसि हुदैँ तयार भएर बाहिर निस्किएँ। मेरो एक हफ्ता देखि को गुप्तबास टुट्यो।
"क्रीश ब्रो मलाइ सार्है खुसि लाग्यो हजुर ले फोन गर्नु भयो" मैले मेरो मनका सबै कुरा बिसाएँ
"भाइ सुन न" क्रीश ब्रो खल्तीमा हात हाल्न थाले।
"ल यो लेउ" क्रीश ब्रो को हात मा एउटा लिस्ट थियो।
"दाइ के हो यो?"
"तिमी सबिनालाइ चिन्छौ? ............अब यो दाइ को ज्यान तिम्रो हात मा छ। अहिले ५ मिनेट पछि उनि यहि बाटोबाट आउछिन" क्रीश ब्रो ले हातको लिस्ट मलाइ थमाए।
म अवाक भएँ।
"एकै नजरमा माया बस्यो है लुकी छिपी हेरी दिना ले, त्यो आखाँले जिउदै मार्यो है............"उनि गीत गुन्गुनाउदै घर तिर लागे।
म उनलाइ हेरि रहेँ। मेरो दिमागमा उनको त्यो महाबाणी गुन्जिरह्यो "......प्लान बनाइरहनु पर्छ, एउटा असफल भयो भने अर्को जरूर सफल हुन्छ.......।"
समाप्त :oP