[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 180036 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-29-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एसो कुरो बुज्दा हाउँरि ठुलीलाई यो बैशाखाँ खेद्न पर्च अस्तो मानिछु! :)
कुरो चलाम ठुलि? गालउ को हजुरबा र म त संग संगै चारधाम गा' साईनो छ के रे। मुइँले भनेसि बुडाले कुरो नमान्ने भन्ने हुँदैन! के छ बिचार?:)
 
Posted on 01-29-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! ठूली, जस्ट किडिङ् क्या। ;)

ग्वाँचे, के छ तिम्रो? फुर्सद छ भने कथा लेखन यार, तिम्रो कथा नपढेको पनि धेरै भयो। कति मीठो लाग्छ तिम्रा मार्मिक कथाहरू।

त्यो गालेको ईस्कूलको चौतारी हो?
 
Posted on 01-29-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाई हजुर पर्नु भो गाउको ठुला वडा । हजुर लाइ ज ठीक लाग्छ तेही गर्नुस् ताआआआआआअ
चित्रु आइ नो यु आ जस्ट किडिङ् भनेर
 
Posted on 01-29-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल गर्दिनि अब ठुलीको बे। ए ठुली म कुन कलर को साडी लगाम्? :D
 
Posted on 01-29-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी कस्तो हतार भाको सारी लगाउन । तेस्ताइ हतार भए मेरो सत्त तिम्रो नै बिजे गर्दिनु पर्ला जस्तो छ ताआआआआआआअ
 
Posted on 01-29-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, क्यार्न ठुलिलाइ खेद्ने कुरा अर्नु हुन्छ, बिचरी भर्खर ११ बाट १२ मा त लागि, केइ बर्ख त हाँस्न खेल्न दिनुस् ।
बरु तपैको के छ नि हालखबर, तपाईं त झन झन बेहोसी हुँदै गएको मानिचु मैले त, त्याँ माथि सोमबारलाइ नि आइतबार भन्नु भे'छ, जिम्मालनी आमालाइ नि चिन्नु भे'न छ! झन हिजो त्यो तल्ला घरे ख्याउटेले तपाईंकै अगाडीबाट तपाईंको बारीबाट काँक्रो टिपेर ल्याएछ, तपाईंलाइ थाहै भेन भन्थ्यो, बज्याले ! एउ तुक्रो मलाई नि द्या थ्यो तेस्ले, काँक्रो र मिठो रेछ, बिकासे हो कि क्या हो ?
 
Posted on 01-29-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानी!
क्यार्दै छौ बा? सपै बेशै होला के रे?
अस्ति ज्वाईँले गोडा एउ दर्जन सारी किन्या थे अस्तो ला'थ्यो मुलाई तेसैले कुन लगाम भनेकि होलि! अनि घरमा सपैलाई आरामै? हजुरबालाई बाथले कत्तिको दुख दिन्छ आजभोलि? स्यालको रौसीले मालिस अरे त बुडाले? तिनथानाको बारि बेच्ने भन्ते बुडा बेचि भ्याए कि छैनन? तो घर अगाडिओ किम्बुको रुख काट्ने कुरो थ्यो के भओ? तो काटे भने भुराभुरिले पिङ काँ खेल्छन? आँगना डिल नि ताछेछन तिम्रा घराँ त बाबै? तेत्रो बडेमानको आँगन क्यार्न ताछ्न परेओ हो! गैराबारि जोतेर सकिओ?:)

हरिशरणम्!
 
Posted on 01-29-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुली तिमि नै त हो नि कहिले के जाती भनेर बर्त बस्ने, कहिले माला लाईदिन्छु भन्ने खुरुक्क मिसले दिएको पाठ नअरेर। ल बसेर पाठ गर त अब, नत्र फेल् हौली र अनि खेद्लान् तिम्लाई उमेरै नपुगी। :)
 
Posted on 01-29-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ किन्दिनु तेत्रो बिधि जिम्माल् बा ज्वाईँले, त्यत्रो जिम्मालबाकाँ सधै खबर् पुराइस, एउटो पटुकी त हाल्देनन् तेरो जिम्माल् बाले के जिम्माल् बा जिम्माल् बा गर्छेस् भनेर कस्तो छ ह्याँ मलाई। :)

स्यालको रौसी त हजुरसँ मागेर ल्या भन्याछ मलाई हजुरबाले, छ त हउरसँ?
 
Posted on 01-29-07 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु ग्वाँचे, चाइन्जो बुडेसकालाँ चित्त र पित्त दुबै बिउरन्छ भन्ते अगेर!
आफ्नु चित्त र पित्त मात्ते होइन आँखो देखुन ले'र घुँडो सम्म, कान देखुन ले'र सुद्धि सम्म बिउरियो झैँ लाउच! खै ब्यान ब्यानै आइतबार अस्तो लाओ किन किन! के रे? तो बजियाले काउँरो चोरो रे? मर्न नसकेओ असत्ति, अलि कलिलै छ गोडा दुई चारेक दिन पछि अलि छिप्पेला त खाम्ला भनेओ अलि अलि भा' काउँरो नि टिपेर खाइदिए पातकिहरुले!

हैन ग्वाँचे, ठुलिको तो बेला भओ के रे नि! अस्ति हाउँरि बाँसको मुना अस्ति सानी नातिनीलाई खेद्ने कुरो अर्दै थो भाउते बजिया! बरु ठुलिको उमेर भो बा उमेर भो! ढोकाटि छिर्ने बेलाँ चेलिको टाउकाले दलिन छुन थालो भुने घराँ राख्न हुँदैन बाबै रैति हाँस्छन्! बरु बेलैमा टिको ला'र पठाइदिओ हाईसन्चो हुन्छ! यो गाम, पल्लो गाम सारा गामका उरनठेउला बज्जे हरु आँखा गाड्न थालिसके बाबै, म बुडोलाई केई था छैन भन्दाहोउ तिमेरु, सपै बुझेओ छु गाँठे! ठुलि पनि मस्किन थालेई छे एस्तो कुरो अर्दा, तेसइले यसपालि कुरो मिलाम्नु परो जसरि भा'नि!
 
Posted on 01-29-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-29-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भे यस्सो राँरो ईलम भा' , आफ्नै गोडाँ उभिएको, असल बानी बेहोरा भे'को, कुलघरानको केटो खोज्नु परो त जिम्मालबा, हाँरी ठुलिको लागि नि ! हुन त हो क्यार्नु संसाराँ रीत नै यस्तै छ, छोरीचेलीले एक दिन पराइ घर जानै पर्छ! हाम्ले सक्ने भे त ठुल्नानिलाइ पराइ घर नपठाइ राक्थेम क्यारे तर क्यार्नु, हाम्ले भनेर गरेर केइ हुन्न !
बरु ठुल्नानिलाइ गोडा धोएर पठाउनु भुन्दा यस्सो घर गरेर खान सक्ने घर ज्वाँइ नै भित्र्याउने हो कि, KB४६ जिम्माल बा?
 
Posted on 01-29-07 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यि मिस, सान्नानी, तिरू, ठुली,सन्जु, नेप्ची, जुरेली ..खोइ को को हुन क्यार्न मिटिगं बसेका होलान ?

 
Posted on 01-29-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ धन्यवाद कस्तो राम्रो कुरा गरेको । हो तेस्ताइ एउटा घर ज्वाइ खोजे बेस् होला जस्तो छ । ग्बचेँ यु आ अल्वेज लुकिग आफ्तर मि । :D
 
Posted on 01-29-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो हालखबर, को को छन यतातिर अहिले??
 
Posted on 01-29-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे ले असलि कुरा गरो। घर् जमाइ नै खोजि लिनु परो। ठुली, मास्टर्नी नानी, सान्नानी कोहि पनि हाम्रा आखाबाट् ओझेल् नि नहुने। ल जा, ग्वाँचेको यो दामी आइदियाको लागि एक् चिलिम् एक्स्ट्रा।
 
Posted on 01-29-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, Hehhee chi भनेको के हो? :)

घर ज्वाईँ बस्ने केटा खोजे हुन्छ तिमीलाई?
(गालउ घर ज्वाँई बस्छ कि बस्तैन सोध्नु परो गाँठे)
:)
 
Posted on 01-29-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ वीरखे दाई सुध्नुस् न उस्लाइ । :P

रहुल् दाइ धरै चिलिम् नतान्नुस् फेरि मेरो बिहे भन्दा अगदि तपाइ नै चिलिम् भो भने मेरो के हालत् होला। (just kidding hai)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters