[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 146138 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-14-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

कउडाओ कुरो भैरा रेछ! खै के भन्नु चाइन्जो आफू त च्याँखे थापो बसो। अर्कैले चाइन्जो कौडि फ्याँक्छ अर्कैले चाइन्जो तिघ्रा पड्काम्छ। कईलेकाईँ दाऊ लाउदा अलि अलि लेन देन अरो एस्तै छ।
 
Posted on 10-15-06 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसेर गित सुन्दै जाँदा अरूण दाईको याद आयो!

अरु संग नजोख मलाई
थाहै छ तिमीलाई म सस्तो छु
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई

तिमी भन्छौ सुन भन्दा
सस्तो हुन्छ मायाहरु
तर म भन्छु माया भन्दा
महंगो छैन केहि अरु
सुन संग नदाँज मलाई
थाहै छ तिमीलाई म ढुङ्गा हुँ
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई

तिमी भन्छौ गुराँस भन्दा
राम्रो छैन फूल अरु
तर म भन्छु गुराँस भन्दा
राम्रो प्रितिका फूलहरु
बहार संग नदाँज मलाई
थाहै छ तिमीलाई म पतझड् हुँ
सुनगाभा कोहि कोहि चमेली
थाहै छ तिमीलाई म काँडा हुँ
अरु संग नजोख मलाई

 
Posted on 10-15-06 10:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो गौतम बाऊ(बाबु) कता'ट पाल्नु भो खै ? नमस्ते गरे है ....यो बिहान हुदि देउतालै पुजा अर्ने फुलपाति चाहिया बेला ले'र आउनु भे'च मलाइ ढुक्क भओ:)

जिम्माल बा लै नि नमस्ते है
 
Posted on 10-15-06 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा दादा कहिले बाट सुगा बनेचन् कुन्नि? जल्ले जे बोले पनि टपक्कै टिपेर दोराम्चन् के रे!
 
Posted on 10-15-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-16-06 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Feel the Tihar


 
Posted on 10-16-06 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

North Carolina Dashain Party !! Feel it !


 
Posted on 10-16-06 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन बज्जेले हाल्या हो कुन्नि भिडियो! मेरा कम्पुटाराँ त चौतारीले उँधोमुण्टो लायो। राम्ररी हाल्नु नि हाल्नै मन भे'सी, चौतारीनै बिगार्न हुन्छ त?
 
Posted on 10-16-06 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina ho gauram baje
mero computer ma ta theekai dekhchu..

timro computer lai already kukur tihar lagyo ki kya ho?
 
Posted on 10-16-06 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सबै गाम्ले साथीहरु लाई । कहिले देउसी खेल्न जानेहो हामी लाई नि बोलाउन नवीरस्नु होला ।
 
Posted on 10-16-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्नानी, देउसी खेल्न जाने रे? अनि भैलीचैं नखेल्ने? हाम्ले त ठूल्नानीलाई भैलिनी पाटीको नाईके पो बनाम्नी बिचार ग-या छौँ।

************************

बिने, खोई अब मेरै मात्र हो कि अरुको पनि हो, भन्लान् नि अरुले पनि। अगुल्टे मुजिल्लामा भने चौतारी सोझिएको छ अहिले।
 
Posted on 10-16-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो 'लफंगो बिने बज्जे' (मनमनै कत्तिको रिस उठ्ने रैछ है त :) ) शहरा'ट कहिले आएछ । के के जाती भिड्यो खिच्न जान्या र'च के रे । तर क्यार्नु बरै कम्प्युटराँ राख्न त त्यति बडो जान्या रन'च ।जे भे'नि छ भाइकि एउटी बुइनिरचिन तिहाराँ बेला निधार सप्तिरंगी बनौन सप्पै एकठाम मै जम्माभे'सी रमैलो नि हुने भेटघाट नि हुने र'च ।


हन बिने बाउ(बाबु) तिमि चै किन हौ नि माथिको भिड्यो मा । त्यो खिसिक्क हाँसेको हो कि ??
**************************************************************

हे हे म ठ्याक्कै बूढी आमै जस्तो अभीनय गर्न सक्तिन त गौतमजी ? सक्छु है :P

ठूल्नानी सन्चै छौ ?
 
Posted on 10-16-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि बुइनी चै 'नितु' त हैनन् कतै???!!!!
 
Posted on 10-17-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें मिस! आरामै हुनुहुन्छ? हजुरको नियास्रो लागिरा'थ्यो।
अनि, अभिनय त ठ्याक्कै मिल्छ मिस!

बरु यो चौतारी अझै ऊँधोमुण्टेनै पो र'छ। गाम्लेका भूत जति कता मोरेचन्? आज त जिम्माल पनि आएनचन्, सधैं आम्थे, चिलिम फुक्दै।
 
Posted on 10-17-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिहार मनाऔं भुनेर साथिहुरले अस्ति शनिबार जमघट गरेथे फेरि। अरु के हुन्थ्यो? जुवा खेल्नि निहुँ चाईएको सबैलाई। थुप्रै नयाँ अनुहारहरुनि देखिएथ्यो।

आफ्नो त भनि हालें नि, कुईयेको दाऊँ यसपाला, शुरुमै नराम्रो लक्षण देखाइ हाल्यो। लँगुर बुर्जाँ अलि अलि हार्दै थिएँ, उकुस मुकुस भ'र के निहुँ पारुम् र ऊठुम् भईरा'थ्यो।

नयाँ अनुहार मध्ये २-४ जान त स्याङ्जालीहरु र'चन्। चिनजान भएसि "बन्धु" लाउँदै धनिष्टता बढ्यो। एकैछिना त बन्धुहुर त एउटा कुना गुट्मुटिएर कौरा गाउन थाले! मरिजाम्, एउटा बन्धुको त मुटु नै किटिक्कै पार्नि मीऽऽऽऽऽऽऽऽऽऽऽऽठो श्‌वर त नि! त्यो माथि, "लाईभऐ कौरा नसुनेको जुग भा'थ्यो आफ्नो!

के खोज्छस् कानो, आँखो भो मुलाई त। म त गीत सुन्न गईं भुनेर जुरुक्कै उठिदिएं खालबाट!

त्यसपछि त रात छरलंगै पारियो कौरा सुनेर! बिहान ६ बजे त घर फर्केको!

तो गाउने मुख्य बन्धु सेतीदोभान को रे, अर्का नि थिए वालिङ् कै! फोन नम्बर नि साटेम्। भोलिपल्ट फोन पनि हानेम्। अब फेरि नाच गान मत्रै गर्ने जमघटको चाँजो मिलाउने भा'छम् केर। त्यसबेलाँ रिकर्डै गरेर राख्दिम्ला चोतारीआँ पनि!

रामोऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ राम, सिताऽऽऽऽऽऽऽऽऽऽ पोई! बिसित्तै रमईलो गरे गाँठे बन्धुहुरले!
 
Posted on 10-17-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नमस्कार! ह्याँको र मेरो परिचय त ;:.::; हैन?"
"म **सु क्षेत्री" .

मैले अलिअलि सुनेँ. २ जना गफ गर्दै थिए मेरो नजिकै.

तर के क्षेत्री भन्यो के क्षेत्री भन्यो मैले ट्याप्प टिप्न सकिन. अनि दुबसुजीसित मलाई बोल्न मुन लाग्या थ्यो के.
बोलम् कि नबोलम् बोलम् कि नबोलम् पर्दै थिएँ. सौचालय छिर्ने मेरो पालो पो आइसकेछ.
जहाजको कुरा गरेको टि जी ३२० अस्ति क्या आकाशमा नेपाल देखुन्ट फर्किँदाखेरिको कुरो नि.

म बाहिर निस्केर हात सात मजाले पुछेर "ह्याँको शूभनाम के भन्नु भो रे." भनेर अखिल मार्का हात अगाडि बढाएँ.
"म दादा गिरी! जापानमा बस्छु."
मैले थपेँ.
"म दुबसु क्षेत्री!" उनले भने.

अनि गफगाफ गरियो.

दुबसुजी मजाओ मुन्छे रचन्. मलाई मजाओ लाओ के. मैले यति लामो कुरो किन गरेको भन्दा उँदी नेपे दाइको "च्यात्न नसकेको चिठी"को प्रकाशकीय लेख्याछन् कि जस्तो मानिचु. गजल पनि मिठा लेख्छन् नेपे दाइका झैँ.
 
Posted on 10-17-06 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु पुन्टे दाइ! फुन लम्बर नि साट्नु भे'छ जाति जो भओ केरे नि.
सेति दोभानको केटो रेछ. भनेसि मेख बहादुरको छोरो त हैन? गुरुम हो?
जाँजो मिलार टेपरिकोटमा खिचेर सुनाम् है चौपारीयाँ.
 
Posted on 10-17-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊ त क्षेत्री थापा भुन्थे के रे। बसाईं त पोखरा भई सको रे, पुर्खेऊली मत्रै सेती दोभान। मैले त पहिले सुनेको थिईन, तर ऊनको काका गणेश थापा भन्निले चईं ५-६ गोटा एल्बम नि बनाई सक्नु भो रे।

अरु के हुन्दै छ चौतारिआँ? अर्को साता त भाई टीका हो के रे, निम्तो आ' छैन अहिले सम्मुन्। बुईनीहुर कता कता गए, कता कता!
 
Posted on 10-17-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

अहिले हतार छ पुन्टेदा बेलुका भेटेरै दिउला नि निम्तो :)


अनि दादा, ' मास्टर्नी नानी के दिम?' भनेरसोध्नु भएको थियो नि तयारी अवस्थामा हुनुन्छ त दिनलै ......साच्चिकै माग्छुहै म त तिहाराबेलाँ ...:)
 
Posted on 10-17-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन गरें है सबैलाई!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS advance parole Travel document i-131, Class of Admission ?
Travelling to Nepal - TPS AP- PASSPORT
Tourist Visa - Seeking Suggestions and Guidance
Now Trump is a convicted criminal .
Ajay Kumar Dev sentenced to 378 yrs
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
Problems of Nepalese students in US
Nepali Passport Renewal
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters