[VIEWED 36677
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मन" हुनु त जगिया को जस्तो!
नाम जगिया, बर्ष ३२-३३ । श्याम बर्ण । नेपाली मुश्किल ले बोल्थ्यो। जगिया पहिलो ब्यक्ती थियो मैले आफु पोस्टिङ भएको कार्यालय को गेट मै भेटेको। रिक्साबाट् ओर्लिंदै थिएं, उ हतारिंदै मेरो ब्याग उठाउन आए, सलाम् साहेब भन्दै। पक्का चौकिदार् हुनु पर्छ, मेरो मनको ठ्म्याइ, सहि निस्कियो।
"नाम के हो?" "जगिया।"
"जगिया मात्र?" "हाँ, साहेब, जगिया।" उसले मेरो सामान बोक्दै अर्को इन्जिनियरको क्वाटरमा भित्र लगे। इन्जियर साहेब संग औपचारिक परिचय गरें। शायद इन्जिनियर साहेबले पहिले नै उसलाइ सूचना दिएको हुनु पर्छ र रिक्सा बाट ओर्लिने बित्तिकै थाहा पाइहाले। सरकारी जागिरको पहिलो पोस्टिङ तौलिहवा, जिल्ला कपिलवस्तु। इलाहाबाद पढ्दा धेरै चोटी भैरहवा बिश्राम् गरेको र त्यहि बाटो हुंदै नौतनवा, गोरखपुर् -इलाहाबाद गएकोले कपिलवस्तु पनि उस्तै होला भन्ने सोचेर गयेको थिएं। भैरहवा सम्म त पीच बाटो खासै समस्या परेन। तर त्यहाबाट ६६ किमी बाटो धुलाम्य, र नेपालको भूगोल जस्तो बाटो। ३ घण्टा पत्यार् लाग्दो यात्रा। तौलिहवा, पहिलो द्रिष्टि मै उराठ लाग्दो लाग्यो। हिन्दुस्तानको कुनै देहात जस्तो लाग्ने, चारै तर्फ मश्जिद मात्र। गौतम बुद्धको कर्मथलोमा बुद्ध धर्म को नामो निशान थिएन्। राजा सुद्धोधनको दरबार अबशेष र केही अशोक सतम्भ बाहेक बुद्ध धर्म को प्रतिनिधित्व गर्ने केही थिएन।
जगिया, हाम्रो अफिसको चौकिदार। श्रीमती र सानो बच्चा सहित गेट निरकै सानो कोठामा बस्थ्यो। बिहान कार्यालय खोल्ने, सफा गर्ने लगायत सबै उसैले गर्थ्यो। क्वाटर् र अफिस एउटै कम्पाउण्ड भित्र थियो। छुट्टा छुट्टै क्वार्टर, गेस्टहाउस्, अनि स्टोर रुम।
कुनै पनि बेला जगिया, हे जगिया भन्ने बित्तिकै जि साहेब भनेर उपस्थित हुन्थे। बजार जाने देखि अखबार लिन जाने आदि इत्यादि जे काम पनि तुरन्तै गर्थे। यसमानेमा हाकिम र अरु दर्जाका स्टाफ सबैमा जगिया प्रति राम्रो धराणा थियो। अफिस को एकापट्टी पोखरी, अर्को पट्टी जंगल र अर्को पट्टी खेत भएकोले सर्प, गोमन अनि करेटको त उर्बरभूमि नै थियो। काठमाडौंको घरघरमा आ।ुने सानो सर्प RAT SNAKE देखि त त्राहिमाम त्राहिमाम् हुने मान्छेलाई सर्प गोमनको वस्तिमा हुल्दिंदा सातो जानु स्वाभाबिक थियो। तर के गर्नु, जागिर खाए पछि डरलाई नि आफ्नो घर बनाउनु पर्दो रहेछ।
म त्यता हाजिर भएको लगत्तै अर्को इन्जिनियर साहेब सरुवा लिएर नवलपरासि जानु भयो, मानौं यो उदेक लागो भूमिबाट मुक्ति पर्खेर बसेको। हाकिम हुनुहुन्थ्यो, तानसेन घर भएका भलादमि। हरेक छुट्टीमा घर जानु हुन्थ्यो र कहिं जानु छ भने निमित्त हाकिम दिएर जानु हुन्थ्यो।
एक दिन हाकिम घर गाको बेला, साँझ ८ बजे तिर, जगिया, साहेब साहेब भन्दै आए, मेरो क्वार्टरमा। निकै आत्तिएको देखिन्थे।
मैले किन, किन आत्तिएको भनेर सोधें। अबधि भाषा मात्र बोल्ने तर नेपाली मिसाउदै बच्चा बिरामी भएको र होस् नै नभएको बताए। मलाई अबधि भाषा आउदैनथ्यो, हिन्दी मा भनें। " चलो अस्पताल् ले चलते है।" जिल्ल अस्पताल ३-४ मिनेट को पैदल दूरी मै थियो। जगियाले बच्चा बोके र हामी दुबै जना रफ्तारमा अस्पताल पुग्यौं। डाक्टर् यादबले प्रारम्भिक जाँच गर्नु भयो। झाडापखालाले डिहाइड्रेसन् भएको होला भन्दै सलाइन पानी दिने कुरा गरे र दिए पनि। डाक्टर संग बिस्तारमा कुरा गरें। यता तिर झाडापखाला नर्मल रे।
एउटा सलाइन पानी चढाइ सक्दा नि बच्चाको स्थितिमा सुधार भएन। जगिया, त्यसै त आत्तिसकेको, बच्चा निलो हुंदै गए पछि झन आत्तिए। रुन थाले, जगिया। डाक्टर यादब पुन: आए र तत्काल बुट्वल वा भैरहवा लैजाने सल्लाह् दिए। रातको साढे ११ बजिसकेको थियो। एम्बुलेन्सको ब्यबस्था त्यो पनि रातको समयमा लगभग असंभव थियो नै।
अफिसको गाडी थियो तर ड्राइभर साहेब भने साँझ ८ बज्यो कि १ पाउच श्री मा झमझमाइ सकेको हुने। मलाई ड्राइभिङ आउदैनथ्यो। "जगिया, गाडी चलाना आता है?" "हाँ साहेब।" "लाइसनवा नही साहेब।" लाइसेन्स् साइसेन्सको बात छैन, साँचो मेरो क्वार्टरको ढोकै मा छ, गाडी लिएर आउ , म बच्चा लाई हेर बिचार गरेर बस्छु भने। उ एकै छिन मै गाडि लिएर आइहाले साथमा लज्जो अर्थात उनकी श्रीमती पनि, साडिले टाउको छोप्दै।
जगिया ले गाडी हाँके, खाल्डाखुल्डी छिचोल्दै निमेषमै भैरहवा पुर्याए। अस्पतालमा बाल रोग बिशेषज्ञ पनि रहेछ। डाक्टर् कर्माचार्य, काठमाडौ घर भएको नेवार। मैले नेवारी मै डाक्टर साहेब संग कुरा गरें। केही आत्तिनु पर्दैन, समय मै हस्पिटल ल्याउनु भयो, भन्नु भयो। त्यहि कुरा जगिया लाइ भने। तर पनि उनको अनुहारमा चिन्ताका रेखाहरु ज्यूंकात्यूँ नै थियो। "बच्चालाइ केही हुदैन भोलि बिहान सम्म मा ठिक हुन्छ।" डाक्टर् साहेब ले अबधि मै भन्नु भयो।
सायद त्यो अघिको सलाइन पानी मै मिसावट थियो। डिहाइड्रेसन नै भएको रहेछ। सलाइन पानी फेरि दिइयो। बच्चा स्वास्थमा क्रमिक सुधार हुंदै आयो। रातको ३ बजे डाक्टर साहेबले उनकै को क्वार्टरमा एक निद सुत्न अनुमति दिनु भयो र भोको पेटमा अलिकति अन्न। म धन्न भए।
क्रमश:
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-13-08 10:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्छे जी, रिट्ठे जी , अनी प्रेरणा जी , सबैमा पुन: धन्यवाद ! अस्तब्यस्त जिन्दगीमा ब्यस्त हुने अभ्यस्त नभएर होला ट्याम मिलाउन मुश्किल पर्दो रहेछ। यस्पाली कथा अझ छिटो लेखे जस्तो लाग्छ,र भोली सम्ममा कथाको अन्तिम भाग राख्ने प्रयास मा हुन्छु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-14-08 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मन" हुनु त जगियाको जस्तो!!!
अन्तिम भाग
जाँड पानीमा मात्तिए पछि पात्तिन्छन् भन्छन्, जगिया नशा मातिएको होस् मा हो या बेहोस् मा लज्जो भए ठाउंमा फर्कियो। जगिया मान्छे न हो, यौबनले काउकुति लगाउछ नै। पाप चिताएर लज्जोलाई फकाउन कुचेष्टा गर्न थाले। अध्यारोमा जगियाले लज्जोको आखाबाट् झरिरहेका बलिन्द्रा आहतहरु देखेन। जगिया को छाडा ब्यबहारमा उनि अझै मर्माहत भइन्। निशब्द आँशुहरु चिच्याउन थाले पछि जगियाले पिएको २ पाउच श्री रमको होस् ठेगानमा आयो।
निर्जन-एकलास ठाउमा एक्लो नारी रम्न पक्कै आउदैनन्, उ भित्रको मनवता जाग्यो। सुस्तरी, जगियाले लज्जो यसरी आफ्नो अस्मिता धरापमा पर्ने गरी किन आएकि भनेर बेलि बिस्तार लगाउन खोज्यो। सुरुमा केहि बोल्दै नबोलि बसिन्। तर निक्कै बेर् सम्म जगिया ले हार् न माने पछि लज्जो ले आफु किन यसरि असाहय भै भौतारिएकि भनेर सुक्सुकाउदै सुनाइन्। "घरबाट निकालिएकी, आत्महत्या गर्न निस्केकी तर कराणबस त्यो पनि हिम्मत जुटाउन न सके पछि अलपत्रमा परेकी" जगिया ले यति मात्र बुझे। जगिया भित्र को आत्म जाग्यो र लज्जोलाई त्यहाबाट आफ्नो डेरामा लिएर आए। एउटा मात्र कोठा भएकोले जगिया आफु बाहिर् खाटिया सुत्ने गरी लज्जोलाई कोठा भित्र आराम गर्ने ब्यबस्था गरिदिए।
त्यो रात जगिया नशाको सूरमा चिर निद्रामा सुत्यो। बाहिर् खुल्ला हावामा सुतेकोले होला, एका बिहानै प्राक्रितिक संगितको धून मै निद्रा खुलेछ। झल्यास्स सम्झे छ, आफु बाहिर खटियामा सुत्नुको कारण। लज्जो सम्झ्यो , लज्जो को बारेमा सोच्न थाल्यो। जब पूर्बी क्षितिजमा लालि चढ्यो, लज्जोलाई उठाउन भनि कोठा ढक्ढक्यायो। लाज्जो पनि शायदै निदाएकी थिइ। गिद्द स्यालहरुबाट लुछिन जोगिएकीले लज्जोमा पीडा भन्दा कान्ति बढि झलिन्थ्यो।
ढोका खुल्लै रहेकोले जगिया भित्र गएर स्टूलमा थचक्क बसे, के गरौं कसो गरु भएकोले चिया बसल्न जण्डिस् स्टोभ बाले। एक् गिलास् चिया लज्जो लाई दिदै, लज्जोलाई के भको किन यसरी एक्लै हिडेको भनेर सोध्न थाले। *********************************************************************************
लज्जोको बिहे १ बर्ष पहिले पल्लो गाउं पकडि मा राम लखन सित भएको रहेछ। दहेजको कारण घर र माइत्ति को सम्बन्ध बिग्रिनु यो क्षेत्रमा घर् घर् कि कहानी थियो। राम लखन धन कमाउने लोभमा कालि कालि हिस्सि परेकी लज्जो लाई छाडेर अरब हिडेको, माइतीबाट ल्याको २५ हजार सहित। भारी मनले बिदा गरी जेनेतेन घरजम गरी बसेकी लज्जो माथी असह्य बज्रपात तब पर्यो जब लज्जोको शारीरिक बनावटमा गर्भमा रहेको भ्रूणले आफ्नो उपस्थितिको शंखघोष गर्यो।
त्यसै त दहेज कम् ल्याएकोमा राम लखनको परिवारको कसिंगर बनेकी लज्जोलाई घरबाट निकाल्ने उत्तम बहाना भेटे, दुष्ट सासु, ससुराले। छोरो अरब गएको मौकामा अर्कैको पाप बोकेकी संगिन आरोपमा राम लखनको घरबाट जगल्त्याएर निकालिएकी लज्जोको मनले अत्महत्या गर्ने सिवाय अर्को बाटो न देख्नु स्वाभाबिक थियो।
*******************************************************************************
यी सबै कुरा बिस्तारमा सुने पछि जगिया भित्र को मानवले क्रान्तिकारी छलाङ्ग लागाउने घोषणा गरे। ६ महिने गर्भ बोकेकी लज्जोलाई श्रीमती बनाउने उदघोष गरे। हाकिम् साहेबको क्वार्टर्मा गएर जगिया ले बिन्ती गरे। " में शादि बनाने जा रहा हुं, साहेब, २-४ सौ उधार् बक्स् किजिए।"
"कहिले जगिया, कहिले शादि गर्ने? को संग? हाकिम आश्चर्यचकित भाव सोध्दै थिए। अभि सर्, १० बजे, तौलेश्वर मन्दिर में, उहाँसे म्युनिसिपालिटी मे सार्टिफिकेट् बनानेको ।"
शाक्य सर् ले केही बुझ्न न पाउदै, म आफै आउछु, तेरो बिहेको खर्च मेरो भयो, र दुलहीलाई राम्रो लुगा किन्दिनु भनी हजार् को नोट दिनु भयो।
तौलेश्वर महादेबको प्राँगणमा कार्यालयका कर्मचारीहरुको रहोबरमा जगियाले कहिलेइ नमेटिने सिन्दूर् ले लाज्जोको सिउंदो भरि दिए।
त्यसको ३ महिना पछि लज्जोले किशनलाई जन्म दिइन्।
********************************************************************************
यही को जगिया को मन को कथा। कसैले लत्याएकी नारी लाई ह्रिदयको धडकन बनाउने मन हो जगिया को। अर्कै पापिको निशानीलाई आफ्नो प्राणभन्दा प्यारो संझिने र माया गर्ने मन हो, जगिया को। यो स्वार्थी दुनियामा निस्वार्थ माया को रुप हो जगिया को मन।
कपिलवस्तु जिल्ला बसाई मेरो लागि अबिस्मरणिय जगिया को कारणले मात्र रह्यो। अन्यथा सधै सर्प, गोमनको कारण हल्लिएको मन बोकेर बस्नु सकस् नै थियो। चार् पाँच महिनाको बसाई पछि बिभागको काम बिशेषले काठमाडौ जाने भएं। महानिर्देशज्यूलाई कपिलवस्तुबाट सरुवा गरिदिन आग्रह गरेको थिएं। सरले हुन्छ, पहिला काठमाडौ आउनुस्, हेरौला भन्नु भएकोले शायदै फर्किन्छु भनेर कपिलवस्तुलाई बिदा गर्ने तरखरमा थिएं। काठमाडौ जाने साँझ, जगिया मेरो क्वार्टरमा आए। निन्याउरो मुख बनाएर बसेकोले किन म फर्किन्न जस्तो लाग्यो तिमीलाई भनेर सोधें। "नही साहेब, फिर् भि आप जा रहे है, इस लिए।" उसले मानौ मेरो मनको कुरा बुझे जस्तो लाग्यो, मलाई फेरि यता फर्किने मन छैन भनेर।
नाइटबस को टाइम भयो। सबै संग बिदावरी गरें। एक हफ्ता मा फर्किन्छु कि भन्दै अनिस्चित भबिष्यतको संकेत पनि दिएं। फर्किनु पर्ने पनि हुन सक्ने भएकोले आफ्नो लत्ताकपडा सबै लिएर जान मनासिब लागेन। एउटा सानो झोला लिएर बस् स्टप तिर लागें, जगिया ले मेरो झोला बोक्दै बस् स्टप सम्म पुर्याउन आए। साहेब जरुर् वापस् आइए, उस्को आग्राहमा जिवन्त अनुरोध थियो। मैले बस चढ्न अघि भनें, "फर्किन त फर्किन्छु होला, तर फर्किन भने मेरो कोठामा भएको भाडाकुडा र लत्ताकपडा तिमी राख, मन परेन भने गरीबलाई देउ। फर्किन भने पनि जगियालाई कहिलेइ बिर्सने छैन "
उ निशब्द बस बिस्तारै गुडेको हेरिरह्यो,आँखा कहिलेइ नदेखेको आँशु लुकाउने प्रयास संगै हात हल्लाइ रह्यो। एकै छिनमा ओझेल भयो जगिया, तर मन जगिया अझै झलझलि आइरह्यो र आज यो कथा मा शब्द भरुन्जेल जगिया मेरै छेउमा आफ्नो सुखद जीवनको ब्रितान्त सुनाइरहेको जस्तो लाग्यो।
अस्तु!!!!!!!!!!!!
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 07-14-08 4:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 07-14-08 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जगिया ra लज्जो ko Real love story ramro laagyo dai..aba aru katha ko prakikshya maa
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 07-14-08 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bado marmik katha rahechha Lajjo ko... ani jagiya ko man? kati thulo kati.... salutes to Jagiya. hope Jagiya and Lajjo are having good time with additional family members.
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 07-14-08 5:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जगियालाइ रोल मोडेलको रुपमा प्रस्तुत गर्दा धेरै सकारात्मक सोचाइ आँउदो रहेछ।
अर्को कुनै नेपालको भागमा रहदाँको अनुभब पनि लेख्नु न राहुल दाइ।
|
|
|
prabhat k
Please log in to subscribe to prabhat k's postings.
Posted on 07-14-08 5:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul Dai,
How beautiful portrayal of the human side in this story. You r a superb story teller and it touches the heart too. Carry on dai. Best wishes.
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-14-08 6:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thuldai, ramro chha. Man hunu ta sachhai Jagiya ko jasto!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-14-08 6:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रहेछ ठुल्दाइ। मन हुनु त जगियाकै जस्तो। मैले पनि माने।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-14-08 6:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रहेछ ठुल्दाइ। मन हुनु त जगियाकै जस्तो। मैले पनि माने।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-14-08 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sathi hunu ta lahare jasto
kasto kura milne hai timro ra mero sathi
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-14-08 6:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो रहेछ ठुल्दाइ। मन हुनु त जगियाकै जस्तो। मैले पनि माने।
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 07-14-08 6:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 14-Jul-08 06:52 PM
|
|
|
GreenMapleTree
Please log in to subscribe to GreenMapleTree's postings.
Posted on 07-14-08 7:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Another classic from Rahulvai... I read it in one breadth. Beautiful one.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-08 7:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सरल भन्दा पनि सरल घटनालाई सुन्दर शब्दजालमा बुनेर यती आकर्शक बनाउन सक्ने क्षमताको कदर गर्छु म ठुल्दाइ ! अरु अरु पनि आउँदै गरोस बेला बेलामा ! मन हुनु त जगियाकै जस्तो। मान्नै पर्यो नि अब । नभये त कुटेर खेदीहाल्छन नि फेरी
|
|
|
Stat
Please log in to subscribe to Stat's postings.
Posted on 07-14-08 7:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rahul dai, I also read it. You nicely presented Jugiya as a typical representative from lower class family with great heart.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-14-08 9:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडो मार्मिक कथा रहेछ। जगिया को मन कति ठुलो। ठुल्दाइ को लेखाइ बेजोड छ।
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 07-14-08 10:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साच्चै नै मन हुनु त जगिया को जस्तो अनी लेखाइ हुनु त हाम्रो ठुल्दाइको जस्तो।
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 07-14-08 11:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
very touchy. thanks for sharing rahulvai.
|
|
|
joshit
Please log in to subscribe to joshit's postings.
Posted on 07-15-08 12:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
dai, maile pani padhe hai. dai ko sabai katha haru jastai yo pani mann paryo. aba chahi arko katha ko pratikshya maa....
|
|