uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 के मेरो साचि नै बिहे गेर्ने उमेर भो त?????????????

[Please view other pages to see the rest of the postings. Total posts: 52]
PAGE: <<  1 2 3  
[VIEWED 26611 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 02-11-08 8:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के मेरो साचि नै बिहे गर्ने उमेर भो त?????????



शनिबारको दिन थियो घरको फोनको घन्ती बज्यो। मैले उथाए, "हेलो!" उताबाट मम्मिको साथी रिता आन्तिले गर्नु भएको राइच। रिता आन्तिले ,"छोरी के गर्दै? खाना खायोउ?" मैले ,"खाए, हजुरले नि?" उहाले नि ,"मैले नि भर्खर खाएको, तिम्रो मम्मी खोइ त?" मैले ,"तल हुनु हुन्छ। पख्नुस् है बोलाउछु" भनेर म मम्मिलाई बोलाउन तल गए। मम्मी र आन्ती खै के के कुरा गर्दै थिए कुन्नी। म चै आफ्नै सुरमा मेरो कोथा सफा गर्दै थिये। मम्मिले मलाइ कोथा सफा गर भनेको नि जुग भै सकेको थियो तर आफु परे आल्चि बल्ल बल्ल आज मौका मिलार कोथा सफा गरे।

मम्मि करिब ४५ मिनेत कुरा गरे पचि मेरो कोथामा आउनु भो। हुन त मम्मी र मम्मिको साथीहरु फोन आए पछी घन्नौ कुरा गर्नु हुन्त्यो। हुन त रिता आन्ती हाम्रो घरबाट आधा घण्टा मात्रा टाढा बस्नु हुन्त्यो। रिता आन्ती, मम्मी, हेमाको मम्मी, सविनाको मम्मी जिगरी दोस्तहरु हुन। रिता आन्तिको १ जना छोरी र १ जना छोरा, छोरीको नाम रिमा। रिमा म भन्दा १ बर्षले कान्छी भएता पनि हामी साह्रै मिल्थेम। जता जादानी हामी सँगै। मम्मी मेरो कोठामा आउनु भो र भन्नु भो," ठुलि तिम्ले थाहा पायो रिमाको जनवरी १९ तारिखमा engagement रे। हामी सबैलाई बोलाको छ। सबै जना बिहान देखी आउ भनेको छ। रिमा तिमी भन्दा १ बर्षले कान्छी उस्को हेरत बिहे हुन लागि सक्यो अब तिम्ले नि बिहे गर्नु पर्छ। तिम्रो केटा छ भने भन हाम्लाई होइन भने हामी खोज्न सुरु गर्नु पर्‍यो।"

अनी मम्मिले ,"त्यो रिमाको हुने वाला केटा उस्को अंकलको साथीको छोरा रे। केटा साह्रै असल, पढेलेखेको छ र यही फ्लोरिदामा मास्तर सकाएर काम गर्दै छ रे।" मैले मम्मिलाई," अब रिमाले बिहे गर्‍यो भन्दैमा मैले नि किन बिहे गर्नु पेर्ने। मलाई अहिले बिहे गर्ने मन छैन।" मम्मिले, "अब त्यस्तो भनेर हुँदैन केटी मान्छेले समयमै बिहे गर्‍यो भने राम्रो हुन्छ। अनी मम्मिले ,"त्यो engagementमा जाने बेलामा चै त्यो अस्ति मैले नेपाल् बाट ल्याइदेको लेहेङा लगाउ। नेपालिको पार्तिमा जादा नेपालि नै भएर गको राम्रो।" मैले नि ,"हुन्च" भने।

engagementको दिन आयो हामि बिहानै उथेर रिता आन्तिको घरमा गएम। मम्मि, रिता आन्ति र अरु उहाहरुको साथिहरु के के गफ गर्दै थिये। म, रिमा, हेमा, सबिना चै रिमाको कोथामा बसेर कस्ले के के लुगा लगाउने भनेर हेर्दै बसे। सबैले लेहेङा नै लगाउने भएम। र तेस पछी हामि नेल पलिस लगाउन्दै, हास्दै कुरा गर्दै थिम। मैले रिमालाइ सोधे," हाम्रो हुनेवाला ज्वाइ (रिमाको हुनेवाला बुधा) को साथिहरु आउचन कि आउदैन? भन ज्वाइलाइ उसको ह्यान्सि ह्यान्सि साथिहरुलाइ लेर आउ भनेर। ह्यान्सि केताहरु भएन भनेर पार्ति मजै हुदैन।" उताबात हेमाले ,"तेहित भनेको नि।" हेमाले भनि " ह्यान्सि साथिहरु लेर न-आउने भए यो तिमिहरुको engagement क्यान्सिल।" हामि सबै खित् खित् खित् गर्दै हासिम।

रिता आन्तिले बोलाउनु भो। "छोरिहूऊूऊूओ चिया खान आउ"। हामी चिया खान किचेनमा गएम्। उता रिता आन्ती, मम्मी, सविनाको मम्मी, हेमाको मम्मी बसै बसेर आलुको बोक्रा निकाल्द कुरा गर्दै हुनु हुन्त्यो। रिता आन्तिले भन्नु भो," छोरीहरुहो अब तिमीहरुको नि बिहे गर्ने बेला भो।" सबै आन्तिहरु," हो नि रिमाले जस्तो समय मै बिहे गर्नु पर्छ।" सविना चै ,"ह्याअाअाअा हाम्रो मुख देख्यो कि खाली बिहेकै मात्रा कुरा गर्ने के यो मम्मि अनि आन्तिहरु। बरु जाम् कोथामा।" भनेर उ जुरुक उथि उ सङै हामि नि उथिम। रिता आन्तिले "छोरिहरु हो तिमिहरुको हेर अपोइमेन्त कति बजे तिर हो?" रिमाले ,"१२:३० बजे।" रिता आन्तिले," लु तिमिहरु सबैको कपाल मिलाउने पैसा चै म दिम्ला बरू चादो गएर चादो फर्कनु।" हामिनि दङ परेम र ,"हुन्च आन्ति" भन्दै कोथा तिर लागेम्।

कोथामा के पुगेको थियम् फोनको घन्ति बज्यो, रिमाले उथाइ। फोनमा कुरा हर्दै मस्किदै हामि तिर पुलुक हेर्दै थि। हाम्ले थाहा पाइ हालिम मैले थुलूऊूऊूओ स्वरमा फोनको नजिकै गएर ,"ज्वाइ साब लु दर्सन गरे है!" भने। हेमा चै रिमालाइ ज्वाइलाइ सोध्न उसको ह्यान्सि साथिहरु आउच कि आउदैन भनेर। रिमाले हामि तिर हेर्दै सोधि। खै उताबात के उत्तर् आयो हामिले सुनेनम। एक चिन पचि फोन राखि र भनि, " केतिहरु हो खुसिको खबर च। उसको 4 जना साथिहरु र १ जना दाइ जो उ भन्दा ६ महिनाले मात्र जेथो रे आउदैचन रे। उसले नि तिम्रो केति साथिहरु आउचन् कि आउदैनन भनेर सोध्न फोन गरेको रे।" हामि दङ परेम। र १२:३० बजे हामि कपाल बनाउन गएम। उहि हाम्रो पुरानो हेर इस्ताइलकोमा।

कपाल सपाल बनाएर हामि येस्तै २ बजे तिर घर फर्किएम। मम्मि र आन्तिहरुले," कत्ति बेर लगाको ल अब खाना खान आउ" भन्नु भो । हाम्ले चै ,"नाइ नाइ खाना खान मन् लागेको चैन" भनेम्। सबिनाको मम्मिले ,"थाहा च मलाइ तिमिहरुले किन खाना नखाने भनेको भनेर। भरे लेहेङ्ला लगाउदा मोति देख्च भनेर त होनि। नक्कलि केतिहरु" भन्दै भुत्भुताउदै फेरि किचेन तिर नै लाग्नु भो। हुन नि हो हामि केतिहरु कहि पार्तिमा जाने भन्यो को मोति देक्च भनेर खानै खादैन थिम। हुन त हामि सबै जान स्लिम नै थिम तर नि खै किन हो किन हामि सबै यस्तै गर्थ्योउ। ४ बजे आन्तिले ,"लु अब लुगा सुगा लगाउने तयारि गरे भो। ६ बजे देखि मान्चेहरु धमाधम् आउच। ल हामि नि तयारि गर्न जान्चु तिमिहरु नि जाव" भनु भो।

हामि केतिहरु नि जोददारले मेकप सेकप् गरि को भन्दा को कम भन्दै तयारि गरेम। ५:३० बजे हामि तयारि भएर रिमाको लिभिङ् रूममा बसेम। engagementको साइत चै ६:३० को थियो। ६ बजे धमाधम् मान्चेहरु आए। तर हामि केतिहरु चै जो आएनि नमस्ते गर्दै मनमनै ,"तिमीहरु जो आएनी हामीलाई के मतलब?" भन्दै उहि ह्यान्सिहरुलाइ कुर्दै थिम। ६:१५ मा केता पत्तिको मान्चेहरुको सवारि भो। येस्तै १५ जना जति आएको रैच। केताको आमा बुवा, अन्कल आन्ति, ज्वाइ बाहेक अरु ५ जना ह्यान्सि केताहरु र अरु उनिहरुको इस्त मित्रहरु थिए। हामि सोफामा बिचमा रिमा, रिमाको दाया पत्ति म र हेमा भने बाया पत्ति सबिना बसेको थियो। हाम्रो थिक् अगादिको सोफामा ज्वाइ र उसको साथिहरु बसेको थियो। हामि केताहरुलाइ हेर्दै खास खुस कुरा गर्दै थिए। केताहरु सबै सुत लगाएका थिए।

तर आफ्नो चै आखा उहि स्काइ ब्लु सर्त लगाउने मै थियो। तेस पचि गुरु जि ले लु सुरु गरुम बिधि भनेर के के भत्भताउदै थिये र केता केतिलाइ (रिमा र ज्वाइलाइ) उथ्न भने र हामि सबै नि उथिम। रिता आन्तिले मलाई औथि दिनुभो। र भन्नु भो ,"यो रिमालाई देउ।" गुरुजी को ईशारा पाए पछी रिमा र ज्वाँईले औथि सातातात गरे। सबै बिधी सके पछी केता पत्ति र केति पत्तिले खाना खाएम र एक चिन ज्वाइ सङ नि कुरा गरेम्। र ज्वाइले उसको साथिहरुलाइ चिनाउदै भने ,"उनिहरु चै मेरो कलेजको साथिहरु मदन, दिलिप, राज र महेस।" अनि स्काइ ब्लु सर्त लगाउने केता तिर देखाउदै ,"उ चै मेरो दाइ सुदिप।" हामिले सबै सङ एक चिन कुरा गरेम र १०:३० बजे उनिहरु आफ्नो घर फकिए।

र हामि नि रिमाको कोथामा गएर उस्लाइ देको डाइमनको औथि हेर्नमा ब्यस्त भएम्। यो रात हामि सबै उसकै मा बस्ने कुरा भो। उताबात मम्मि र अरु आन्तिहरु नि कोठामा आउनु भो र औथि हेर्नु भो। रात भरी हामी केटीहरु तेही ह्यान्सी केटाहरुको कुरा गर्दै थिम। हेमाले भने ,"त्यो स्काइ ब्लु लगाउने चै ठुलिको है!" भन्दै मलाई जिकाउदै खित खित खित गर्दै हासि। उनिहरुलाई नि थाहा थियो मलाई स्काइ ब्लु कलर मन पर्छ भनेर। यस्तै यस्तै कुरा गर्दै रात बित्यो। र भोली पल्ट हामी सबै आफ्नो घर तिर लागेम।

दुई तीन दिन पछी रिता आन्ती र रिमा हाम्रो घरमा आउनु भो। रिता आन्तिले भन्नु भो "ठुलि त्यो सुदिप तिम्लाई कस्तो लाग्यो?" मैले ,"को सुदिप? म चिन्दिन" भने आन्तिले ,"ज्वाइको दाइ पेर्ने के रिमा चै तेस्लाइ पार्तिमा स्काइ ब्लु लागाउने केटा भन्नुस् न अनी याद आउछ" भनेर मलाई हेर्दाइ भनी। मैले आन्तिलाई," किन खै ठिकै छ" भने अनी आन्ती भन्न थालनु भो ,"ल तिम्रो लागि कुरा आको छ। सुदिपलाई तिमी मन पर्‍यो रे।" अनी आन्ती फेरी भन्नु भयो ,"मलाइ लाग्च तिम्लाइ नि उ मन् पर्च जस्तो च। अस्ति पार्तिमाइ तिमि सबै भन्दा बधि उ सङ कुरा गर्दै थियो।" मैले भने ,"मलाइ बिहे गर्ने मन चैन अहिले। अब कुरा गर्दैमा मन परेको हुन्च त? जिस्किदैमा मन परेको हुन्च त?" आन्ति भन्न लाग्नु भो ,"केता राम्रो च पधेलेखेको अनि राम्रो काम नि च। तिम्रो लागि मात्र होइन सबिना हेमाको लागि नि ज्वाइको साथिहरुको कुरा आको च।" "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् भन्दै म जुरुक उथेर आफ्नो कोथा तिर लागे। मेरो पचि पचि रिमा आइ। " मैले हेर त बेकारमा त्यो सुदिप सङ बोलेको। त्यो त कस्तो मर्न नसक्ने रैच।" रिसाएर मैले ,"आजकालको केटाहरु सँग हासेर बोल्यो कि के के सोच्ने राइछ।" रिमाले मलाइ ,"भैहाल्यो नि त तलाइ मन् पर्दैन भने उस्लाइ किन सराप्नु पेर्ने?" मैले रिमालाइ आखा तरे। मैले आखा तरेको देखेर उ चुप चाप लागि।

फेरि एक चिन पचि आन्तिले भन्नु भो ,"अब राम्रो सङ बिचार गर्नु अनि उत्तर दिनु।" मम्मिले," हुन्च भन्दिनु। अब बिहे गर्ने बेलानि भो। उता सबै मान्चेहरु तपाइको छोरिको भोज् कहिले खुवाने भनेर सोधन् थालेर लाजै मर्नु भैसक्यो। । सबैलाइ अब छिट्टै नै भन्दा भन्दै दिक्क लागि सक्यो।" र भन्न थाल्नु भो "रिता उनिहरुलाइ हुन्च भनि देउ। सुदिपको आमा बाबु सारै भलादमि रैच। तर सबै कुरा पक्का हुनु भन्दा पहिले चै केता केति बसेर कुरा गरोस अब अहिलेको चलन यस्तै च।" आन्ति भन्नु भो ,"हो नि कुरा पक्का हुनु भन्दा अगादि त कुरा गराउनै पर्च अब मिल्च भने यहि सनिबार हाम्रोमा उनिहरुलाइ खाना खान बोलाइको बेलामा कुरा गरे भैहाल्योनि"। मम्मिले हुन्च हुन्च तेहि बेला हामिनि आम्ला।

म त पक्क परेर मम्मि र आन्तिको मुख हेर्दै बसे। मैले ,"म बिहे गर्ने कि हजुरहरु बिहे गर्ने?" भने। मम्मिले ,"अब म तिम्रो आमा मैले भने पचि हुन्च। पहिले कुरा गरेर त हेर के नै फरक् पर्च र कुरा गरेर मन् पर्दैन भने नगरन त।" आन्ति नि मम्मिको हो मा हो थप्नुभो। अब आन्तिले ,"सनिबार भेतुम्लाइ आहिले जान्चु" भनेर आन्ति र रिमा बहिर निस्कनि भो र मम्मि नि उनिहरु सङ बाहिर निस्कनु भो। म चै कोथामा बसेर सोच्न थाले। हुन नि भो जुन पार्तिमा गएनि चिनेको नेपालिहरुले ,"तिम्रो भोज् कहिले खुवाने अब।" अनि मम्मिलाइ अब छोरिको नि बिहे गर्दिन पर्यो भन्ने। हुन त मेरो मम्मिलाइ मात्र होइन हेमाको मम्मि, सबिनाको मम्मि सबैलाइ येसैप्रश्न सोध्थे। तेति बेला हामि केतिहरु चै ,"कस्तो होला तरुनि केति देख्नै नहुने बिहे कहिले गर्ने भनेर् सोध्ने। अनि उनिहरुलाइ के को मत्लब हामिले जहिले बिहे गरे नि" भन्दै कुरा गर्थेम।

तर यता एक दुइ बर्ष चै सबैको मुखमा ,"तिमिले बिहे कहिले गर्ने?" यहि कुरा झुन्देको थियो। अनि मम्मि नि सधै बिहे कै कुरा गर्ने। मेरो मनले मलाइ प्रश्न सोध्यो "के साचि नै मेरो बिहे गेर्ने उमेर भएको हो त ???????????????????????????????"

 
Posted on 02-13-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho uptowngal ho......timro bihe garne umer bhayo....
bihe ko kura pani yehi sajha ma nai chine kasto hola....yaha sajha ma dherai layak kta haru chan hai....bichar garau hai.....
 
Posted on 02-13-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-13-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो लाग्यो अनी कती मजाको  Topic राखेको तिमीले
हा हा ठुलु भयो भयो अब भने पक्कै भयो, छिटो छिटो बिहे गर, उमेर नभयको भए यसरी दिन रात एक्लै एक्लै यो गीत बर्बराउनु पर्ने थियन नि है



 
Posted on 02-13-08 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uppu,

Dharo dharma aruharulai time diyeko bhaye. Manle khane manche paunai garho . Dherai samay lagayera timilai nai channe nirnaya garyo manle. Lu bhana baru kata jane yespali valentine ma? sabai kura aruko agadi (SAJHA) ma garna ta milena maya pirem ko kura ni kuro mile sajhaka jantilai bakhro khuwaunla ni YEHI BAISAKH ma

chito bhani hala hai pheri malai chatpati bhayera raatbhari nidra lagdaina
 
Posted on 02-14-08 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उसले त आफ्नो स्काइ ब्लु टिशर्टमा ठूलो अक्षरमा 'ठूली' भनेर लेखेर लगाएको छ लौन चित्रे ले हसार मार्न लाग्यो खित खित खित।


रित्थे अब देखी साझामा आउने केटाहरुले स्काइ ब्लु सर्ट लगाउनु पेर्ने कम्पलकम्पलसरी गर्नु पर्‍यो भनेर सान दाई लाई भन्नु पर्ला जस्तो छ। लु झत्तै तिमी नि त्यो स्काइ ब्लु कलरको सर्ट किनी हाल।


Mr Truth किन लेखिकालाई नजिकबाट हेर्न पर्‍यो टाढा बाट हेर्नको लागो हजुरको आँखा कम्जोर छ हो।

ImYoDad मेरो त बिहे नि भाको छैन बच्चानी भाको छैन अब हजुरको यो प्रश्नको उत्तर मैले कसरी दिन सक्चुर बरु यो प्रश्न हजुर आफ्नो मम्मी सँग सोध्नु भो भने उहाले हजुरलाई राम्रो सँग भन्नु हुन्छ।

Fanatic अब हजुरले मलाई सम्झाइ दि हाल्नु भो साझामा धरै लायक केटाहरु छ भनेर अब बिचरा गरुलानी।

ustadamirkhan ज्यु म अली अली हिन्दी त बुझ्छु जस्तो लागेको थियो। तर खै हजुरले यहाँ चै के भन्न खोजेको हो बुझे मरिजाम।

झिल्के दादु हाउ वज योर त्रिप? यो दाइलाई कती हतार भएको के बहिनिको बिहे गर्दिन। जब सम्म दाइले बिहे गर्नु हुन्न तब सम्म म नि बिहे गर्दिन। नियम्ले त दाइको पहिले हुनु पेर्ने हो नि।

Narayangarh हेर हेर कती झुत्तो बोल्न सकेको उता कता तिर हो रातो गुलाफ तिप्ने अनि माथिल्लो गामको कान्छीको कपालमा लगाइ दिने कुरा गर्दै थियौ नि। दिन भरी तेही कान्छी सित गीत गाउदै गाम गाम चार्दै हिद्छौ रे नि। हाम्लाइ माथिल्लो गाम् कै रामे दाइले नरायनेको चालामाला थिक चैन है थुलि भन्दै हुनु हुन्त्यो। हेर हेर हाम्लाइ सोझो पार हेपेको






 
Posted on 02-14-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Happy Valentine day guysssssssssssssssssss

 
Posted on 02-14-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptown,

Mero pani Valentine day ko MAYA CHA HAI !


 
Posted on 02-14-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्स, मेरो तर्फबाट नि ह्याप्पी भन्टाङ्भुन्टुङ डे है!


 
Posted on 02-14-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uppu,

Mero manako kuna bata timro lagi samaparpit.
http://youtube.com/watch?v=ZKo7JIHWn3E
 
Posted on 02-14-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Triptibhakta thanks ani hajurlai mero tarfa bata subha kaamana

 ह्याप्पी भन्टाङ्भुन्टुङ 

Narayangarh ufffffffffffffff aaj bholi hajur kasto gafaadi hunu bhaeko.


 
Posted on 02-14-08 7:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले आएर पो बल्ल था पाको? भै सक्यो नि तिम्रो बिहे गर्ने बेला त। अब पनि गरेन भने चाइ बुढी होला नि।

Jokes apart, nice story. Simple yet spellbinding. Looking forward to reading more.


 
Posted on 02-15-08 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्चे हेर हेर म बुधि होला र मेरो बिहे नहोला भनेर कति पिर लागेको। लु लु अब १-२ बर्स मा बिहे गेर्ने सुर सार कस्नु पर्ला। खित् खित् खित् ।


 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters