Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 80065 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 01-31-06 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"उम्मेदवार"

कति म बोकौ
दाउराको भारी ए
बनौ कि नेता ।
 
Posted on 01-31-06 3:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भरत केशरी"

४५ लाख पाए
लूटको धन न हो
गरौ कि स्राद्ध ।
 
Posted on 01-31-06 3:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मनिषा"

बम्बेको भालू
नेपाल आएको छु
नाङगै नाच्न ।
 
Posted on 02-01-06 2:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam ji, your comments....
 
Posted on 02-01-06 3:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणतन्त्रजी, राम्रो लेख्दै हुनुहुन्छ। मेरो चाहि आजभोलि अलिक कम फुरिरहेको छ।
यी जाँठा दरबारियाहरुलाई त जति गाली गरपनि पुग्दैन। गाली मात्रै किन,अब यस्तो पनि लाग्दैछ, भोलि माओवादी मात्र हैन सप्पैले हतियार उठाउने दिन पनि आउनसक्छ।

आजकै प्रसंगमा;

"भाषण"

थोत्रो बोली
भित्तो समेत थोत्रै
थोत्रै दिमाग!
 
Posted on 02-01-06 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भरतकेशर"

पूच्छर हो त्यो
"अखण्ड भारत"को,
राष्ट्रवादी रे?!
 
Posted on 02-01-06 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"माघ १९ - भाग दुई"

शैली पुरानै
जनता मरे के भो
सेना छैन र ?
 
Posted on 02-01-06 4:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शाह वँश"

बुढो गोरु भो
मरे मरोस अब
पाल्नकै दुख ।

थोरै मान्दैन्
सबै मै खाउ भन्छ
पाल्नकै दुख ।
 
Posted on 02-01-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निरन्कुस राज्सन्स्था गएपनी मेरो बिजिनेस छँदैछनि
मलाई के को पिर छ र ? ?
म त राज पो हु त
 
Posted on 02-03-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको राजा

२००० करोड सम्पत्ति
गुन्डा सन्तति
बिष्णुको अवतार रे
 
Posted on 02-03-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाब्

खै उमेद्वार ?
भोट खोज्न गयो रे
खै भोट ?
ब्यारेक भित्र छ रे
खै ब्यारेक ?
दरबारभित्र छ रे
खै दरबार ?
"प्रजातन्त्र" दिदै छ रे
खै प्रजातन्त्र ?
भरतकेसर को घर मा छ रे
खै भरतकेसर ?
पैसा लिएर बिदेश गयो रे
खै पैसा ?
हजम भयो ।
 
Posted on 02-04-06 1:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good ones, torpeygyane and wretch.
 
Posted on 02-04-06 1:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"शाही पूजा"
-१-
हे भद्रकाली!
दल सिध्याइदेउ
बोको चढाएँ
-२-
राँगै चढाएँ
दोहोलो काढिदेउ
माओवादीको
-३-
'बुध्दि' फिराउ
'कुइरे', 'भारत' को,
सुन अर्पौँला!
-४-
सुन अर्पौँला!
राष्ट्र बैंक मेरै हो!
मेरै सुन हो!
-५-
तिम्रा मन्दिर
देशैभरि हुनेछन्
मेरै बिर्ता हो!
-६-
हे भद्रकाली!
रक्षा गर हे माता!
हे भद्रकाली!
 
Posted on 02-04-06 3:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पारस सरकार अनि उस्को बाउ

धन्य तिमी ठुलो समाज सेबक रहेछौ
मैले त तिमीलाई गुन्डा भन्ठानेको
तक्मा अलन्कार तिम्ले पाएछौ
नत्र दुनियाले पनि तिमीलाई गुन्डै भन्ठान्थ्यो
धन्य तिम्रो बाउ बाठा रहेछन्
मैले त हत्यारा भन्ठानेको
आफ्नै मोडेलको प्रजातन्त्र दिए जनतालाई
नत्र दर्बार खरानी पहिले नै भइजान्थ्यो
 
Posted on 02-04-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ गौतम जी! "शाही पूजा" १,२ र ५ त गजबै लाग्यो मलाइ!

गणतन्त्र जी को नि उस्तै रेछ, सम-सामयीक घटनाहरु राखेर लेखेको हाईकु तिख्खर हुँदो रेछ, सिजन अनुसारको तरकारी र अचार जस्तो!

रेच जी को आधुनिक ‘कुखुरि काँ’ दामि लाग्यो हे हे हे :)
 
Posted on 02-08-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चुनाव"
-१-
मान्छे कुर्दा कुर्दै
कर्मचारी निदायो-
निन्द्रै पु-यायो।
-२-
ठ्याक्कै १ बजे-
हरियो बर्दी पस्यो,
मूठै खसाल्यो।
-३-
बाक्सा बस्या' हो!
हाल्या' जति पस्या' हो!
'भोट' खस्या' हो!
-४-
सफल भयो!
सय प्रतिशतै भो!
अन्त काँ' हुन्छ!!!
 
Posted on 02-08-06 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"नतिजा"
-१-
चोरले जित्यो,
जँड्याहा निर्बिरोध,
गुण्डा हा-यो रे!
-२-
होइन भाइ
सुकुलगुण्डाले जित्यो
गुण्डा हा-या भे!

"बाँकी सिटहरु"
-१-
निवेदन दिनु
'स्वच्छ', 'निष्पक्ष', 'दक्ष'
दक्षिणढोकामा!
-२-
चिठ्ठा खोलौँला
'प्रजातन्त्र' सपार्ने'
अर्को मौकामा!
 
Posted on 02-08-06 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Photo of the day!

 
Posted on 03-06-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चिन्ता"

युवा बिग्रिए,
राजा त मान्नै छाडे-
जाँठ्ठाहरुले!

"युवा नीति"

जागिर दिम्ला-
मान्छे कुट्न सक्ने भे',
पढेर के हुन्छ?

"शिक्षा नीति"

उत्पादन गरौँ-
भात खाने रोबोट,
मान्छेको सट्टा।

"राष्ट्रवादी शिक्षा"

किताब खै त?
"मगाईसकेको छु
भारतबाट!"
 
Posted on 04-05-06 3:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धागो धेरै निदायो। लौ न साथी हो यस्सो बल गरेर माथि लानुप-यो।

"गैँडा"
जनता भन्दा-
गैँडा पो भग्यमानी
यूरोप देख्यो!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters