गत बिहीबार एल्डरसट म्याजिस्ट्रेट अदालतले उनलाई दोषी ठहर गरेको हो। सार्वजनिक सञ्चारमा आपत्तिजनक सन्देश प्रवाह गरे कारबाहीको प्रावधान छ। अदालतले उनलाई ३५ पाउन्ड जरिवाना र सामाजिक सञ्जालको प्रयोगबारे चेतावनी दिने सजाय दिएको हो।
प्रहरीसँगको अन्तर्वार्तामा २० वर्षका म्याक्लभोरले आफूले त्यस्तो कमेन्ट लेखेको तर रिसले आँखा नदेखेको बेलामा त्यस्तो गरेको स्वीकार गरेका थिए। उनले अदालतमा पछुतोसमेत मानेका थिए।
अभिनेत्री जोआना लुम्लेले गोर्खालीहरुलाई समान पेन्सन दिनुपर्ने र बेलायतमा बसोबास गर्न दिनुपर्ने अभियान चलाएपछि नेपाली समुदायको विरोधमा पनि आवाज उठिरहेको छ। 'प्लिज प्लिज नो मोर नेपलिज' नामको एउटा अर्को समूहप्रति पनि यस्तै चासो उत्पन्न भएको छ। यो समूहले भने आफूहरुले शान्तिपूर्ण विरोध गर्ने भन्दै घृणायुक्त र जातिवादी कमेन्टहरु हटाउने गरेको छ।