[Show all top banners]

bigT
Replies to this thread:

More by bigT
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Gazal- comments appreciated
[VIEWED 5386 TIMES]
SAVE! for ease of future access.
Posted on 11-06-11 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

 

 

 

जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र
बोल्ने सैली धेरै राम्रो,मन पराउछु तिमीलाई मित्र 
माया लाउने धेरै आए,पाइन तिमी जस्तो कोही 
नजर जब नजर जुध्यो,सजाए मनमा तिम्रै चित्र 
जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र।। 

 

आईतवारको सुर्य प्यारो,सोमबार शिव तिम्रै लागि
भन्छिन उनी ब्रत बस्छु,तिम्रै अमर जीवन मागी 
माया भन्ने मनमा हुन्छ,भन्छु ख्याल गर आफ्नो 
जूनी जूनी संगै बाँच्ने, देबी अनि देउता भाकी 

 

जब सुन्छु तिम्रो आवाज,डुब्छु त्येसै भित्रै भित्र
 
बोल्ने सैली धेरै राम्रो,मन पराउछु तिमीलाई मित्र !!

 

 

Last edited: 06-Nov-11 05:23 PM

 
Posted on 11-06-11 6:49 PM     [Snapshot: 31]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म गजलकार अथवा  गजलको ज्ञाता चाँही होइन तर प्रस्तुत रचनामा भाव राम्रो छ । गजल नै भनि सकेपछी यसमा हुनुपर्ने रदिफ र काफिया जस्ता तत्व छन् कि छैनन् भन्ने चाँही राहुलदाइ र शिरिषदाई हरुले मात्र भन्न सक्नुहोला ।  
 
Posted on 07-18-14 11:04 AM     [Snapshot: 771]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त ठुल्दाईले भन्नु हुन्छ गजल, कविता अनि मुक्तक जे केहि पनि नियमको बन्धनले बाँध्नु हुन्न भनेर तर ... खै यसमा भाव मिठो भएपनि गजलको नियम मित्र राष्ट्रले सिमाना मिच्या सरि मिचेको देखें ...

यो गजल हो या हैन राम्ररि भन्न शयेद सिरिश दा, नेपे सर या ठुल्दाई ले नै भन्न सक्नु होला

गजल नभनेर या नबनेर यसको भाव मरेको छैन , सो राम्रो कविता BigT ज्यु .

 
Posted on 07-18-14 1:48 PM     [Snapshot: 804]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजलको सबै नियम विनियम मान्नै पर्छ भन्ने को खिलाफमा भए नि प्रस्तुत रचनामा गजलका सामान्य संरचना पनि न भएको देखियो | यस अर्थमा यसलाई कबिता भने राम्रो हुन्छ |

कबिता कै कुरा गर्दा पनि गद्य र पद्य दुइथरिका कबिता हुन्छन | प्रस्तुत कबिता पद्यमा परे जस्तो भए नि पद्यको सामान्य नियम पालना नभएको देखियो | कि २-२ लाइन को कि चार चार लाइनको पद्यांश हुनु पर्यो |

लेख्दै जाँदा सिकिने कुरा हुन् , निराशा नहुनु होला | सम्भाव्यता ब्यापक देख्दछु | लेख्दै, पढ्दै सच्याउदै , निखार्ने हो | साझा मै राम्रा कबिताहरु थुप्रो प्रकाशित भएका छन् , हेर्नु होला | सिक्ने ठाउँ धेरै छन |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters