nut
Replies to this thread:
More by nut
What people are reading
Subscribers
Please log in to subscribe to nut's postings.
:: Subscribe
|
Conspiracy! Conspiracy! Indian conspiracy! Royal conspiracy!
[VIEWED 5835
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-14-05 5:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Conspiracy! Conspiracy! Indian conspiracy! Royal conspiracy! Probably these were (may be are) the slogans that were/are most frequently used by communist parties (both by moderate communist like CPN-UML and radical communist CPN-Maoist) and left-wing media and some socialist/capitalists/centrists (including Nepali Congress supremo GPK persistent utterance- ?the grand design?) too. The obvious nature of ?conspiracy theory? has made everybody (most importantly the myopic political leaders) to relate and believe in conspiracy theory. It has been an established tool for them that anything that bad happens to nation and its democracy is due to conspiracy. More importantly anything that does not go according to wishes of some of the corrupt leaders is due to conspiracy and nation and democracy are under threat. I guess this theory is also borrowed from our ?big brother?-India. Anything that happens in India is done by ISI of Pakistan (?Pakistani conspiracy?) as if India was totally a chaos-less and peaceful country before the inception of ISI! Conspiracy theory has helped authorities and political leaders to conceal their incompetence both in India and Nepal. Wait!! Wait!! Having said this, can we totally negate the conspiracy theory? I guess not, we can not totally abandon this theory. When one ponders the last 237 years of Nepalese history (after the unification of Nepal) a significant number of conspiracies (power tussle between Bhandhur Saha and his Bhauju, assassination of Mathwarsingh thapa, defeat with East India company, unfortunate and disgraceful ?Sugauli ko sandhi? agaist the will of brave Amarshingh/Bhakti thapa, assassination of Ranabhadhur saha by his own brother?, conspiracies by the wives of king to nominate their own son as a crown prince ?the list goes on) and massacres in and around the vicinity of palace (such as Kotparwa/Bhandarkhal?.and the most recent one the massacre of king Birandra and his family?. a few to be remembered by many). It is self-evident that these conspiracies (massacres) were hatched against each other by those in and around the power/palace. If you see the events after the 2007 movement, you can come up with a number of examples of conspiracies hatched both by the palace and the Indians. The three party Delhi agreement was for the election of constitutional assembly and drafting and formulating a new democratic constitution through this elected body not by the hand picked individuals. It may be due to inability or unwillingness of political leaders within NC to understand the palace conspiracy they accepted the constitution where People of Nepal were denied their sovereignty (King is considered to have sovereignty of the nation). If you look at the period from 2007 to 2017, Palace had never tried to strengthen democracy. Palace was more concerned with acquiring absolute power through different measures and means. The palace had always tried to weaken NC and communists by infiltrating some royalist into it or by enticing (or probably by threatening too). NC lost some of its best leaders such as T. Giri, Parsunarayan Chaudhari (BP considered him as a candidate for next PM). Communist turned royalists like Keshar jung Rayamajhi and the most recent examples are the RK mainali, Devi Ojha and a lot more. King Mahendra also tried to strengthen communist to weaken NC. Palace has always conspired to use one against another. Some people believe that Maoists were initially groomed by ?Sital Newas? to conspire against people?s democracy. Some people do not get surprised to see some royalists and pro-indian in Maoist too. The recent acquisition against Prachanda by Baburam when the later was accused by some including Prachanda being pro-indian strengthen one who believes in Royal and Indian Conspiracy theory. Similarly, it is no other than KP Bhattrai who believes that there are several Nepalese leaders who take grace and money from India and that makes no one in surprise to see how ?Tanakpur treaty? was passed with overwhelming 2/3 majority (such thing is considered rare to see in Nepalese parliament!!). Many people think that Maoist problem (just the violence part, I am not talking about the causes what they claim as fight against feudal oppressor) is an artificial one and the Royal and the Indian conspiracy has some elements and certainly has its contribution (may not be as an absolute contributor but may be as a stake holder) in it. I feel answerless when those who believe in this theory points out that how this particular movement (the Maoist movement) acquired an unprecedented success in terms of military success in relatively short period of time (this is not the first time that Nepal has experienced an armed struggle) without some short of tactical support/grace from some elements within Palace and India. At last, some people believe that until and unless leaders acquire ability to perceive conspiracy and also develop strategies to counteract such conspiracies, you will be able to bring democracy back only for certain period of time and next generation will also have to spend their time fighting for democracy. We have also experienced the fate of some leaders like Madan Bhandari who tried to speak (many people believe that he had ability to do some thing different than the leaders we have now, some people believe that he was the victim of conspiracy against competent leaders-?leadership annihilation?) against palace and India conspiracies. Similarly, recently we have seen the fate of clean, honest and popular leaders like Narahari Achrya, Lilamani Pokhrel, Pari Thapa, Sankher Pokhrel, Ram Chandra Paudel, Gagan Thapa, Rup Narayana shresth and some human rights activists like Tika parahi are being punished for their genuine concerned about democracy and their voices against autocracy. We have also seen how the corrupt and dishonest leaders (K.P Oli and so many, read about Oli in this week?s Nepal Magazine by Kusang kaka) were released from the custody in relatively short period of time. Our grandfather fought for democracy in 2007 and our parents did same thing over a long period of time and now our generation is again fighting for it. So, the most important question is how long we want to keep alive these conspirators who are always waiting for an opportunity to snatch your freedom and democracy? Give a thought. Love to see healthy comments and suggestions. Nut
|
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-15-05 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I think this artical would further strengthen my argument about Royal conspiracy. तपाईं पढ्दै हुनुहुन्छ: कान्तिपुर >> विचार / विवेचना ------------------------------------------------------------ प्रजातन्त्रको व्यथा, मेलमिलापको अन्तरकथा रामचन्द्र पौडेल - अहिले नेपालमा राजासँगको सम्बन्धबारे दुईथरी चिन्तन समानान्तर रूपमा चलिरहेका छन् । राजासँग दलहरूले मेलमिलाप गरेर जानुपर्छ, हत्या-हिंसा तह लगाएर 'प्रजातन्त्र दुरुस्त पार्न' राजालाई सहयोग गर्नुपर्छ भन्ने र राजा शासक बन्ने महत्त्वाकांक्षाबाट परिचालित छन्, राजा र माओवादी दुवैको तानाशाही आकांक्षालाई जनता सम्मिलित शक्तिले ठेगानमा ल्याउनुपर्छ भन्ने । अहिले राजा जस्तो नियत राख्दै, जुन शैलीमा बढिरहेका छन्, त्यसबाट के भोलि प्रजातन्त्र दुरुस्त अर्थात् जनतामा निहित सार्वभौमसत्तासहित फर्किन सक्ला ? 'मेलमिलाप' सम्बन्धी अनुभव कस्तो छ ? १) नेपाललाई आधुनिक र प्रजातान्त्रिक युगमा प्रवेश गराउन सत्याग्रहदेखि सशक्त क्रान्तिसम्म प्राणको बाजी राखेर लडेको नेपाली कांग्रेसले राजसंस्था र प्रजातन्त्रलाई मिलाएर मुलुकको उन्नति गर्ने विश्वासका साथ राजा त्रिभुवनसँग मेलमिलापको हात अघि बढाएको थियो । राणाहरूद्वारा राज्यच्युत राजपरिवारसँग अंकमाल गर्दै प्रवासबाट फर्केको थियो । परन्तु 'अब उप्रान्त देशको शासन जनताले चुनेका प्रतिनिधिहरूद्वारा निर्मित संविधानको आधारमा चल्नेछ' भनेर घोषणा गर्ने राजाले जनअपेक्षाविपरीत अनेक छलछामका खेल खेल्दै ०७ सालको परिवर्तनलाई आफ्नै शक्तिवृद्धिका लागि प्रयोग गर्न सुरु गरे । परिणामस्वरूप 'संविधानसभा' त परै रहोस्, संसद्को निर्वाचन गराउनै पनि ०१४ सालको भद्रअवज्ञा आन्दोलन नहुँदासम्म आलटाल भइरह्यो । देशले प्रजातान्त्रिक विकासको प्रथम अभ्यासमात्र थालनी गर्न पनि एक दशक कुर्नुपर्?यो । 'प्रजातन्त्रका प्रवर्तक' भनिएका राजा त्रिभुवनसमेत प्रजातन्त्रको कसौटीमा खरो उत्रेनन् । माक्र्सेली भाषामा भन्नुपर्दा आफ्नो वर्गचरित्रभन्दा भिन्न देखिएनन् । राजा महेन्द्रको त कुरै छोडौं । २) देशलाई एउटा स्वाधीन प्रजातान्त्रिक राष्ट्रका रूपमा अघि बढाउन पश्चिमा मुलुकहरूसँग सुपरिचित गराउँदै, दक्षिणका साथै उत्तरका छिमेकीसँग सुदृढ सम्बन्ध कायम गर्दै आर्थिक-सामाजिक विकासका महत्त्वाकांक्षी योजना र कार्यक्रमका साथ प्रथम जननिर्वाचित सरकारको नेतृत्व गरिरहेका वीपी कोइरालासँग एकदिन राजा महेन्द्रले भनेछन्- 'विश्वेश्वर बाबु, तपाईं र ममध्ये एकजना रहनुपर्?यो । या तपाईं चलाउनोस्, म छेउ लागिदिन्छु, या तपाईं छोडिदिनुस् म चलाउँछु ।' राजाको यस्तो प्रस्तावबाट स्तब्ध भएका वीपीले भन्नुभएछ- '...पहिलेको जमानाको जस्तो गरेर यहाँ विकास हुँदैन । विकासका लागि सम्पूर्ण राष्टि्य प्रयास चाहिन्छ । म जनताको प्रतिनिधित्व गरिरहेछु र सरकार राजा होइबक्सन्छ । यी दुवैको सहमतिबाट मात्र देश चल्न सक्छ ।' अनि अन्त्यमा राजाले पनि भनेछन्- 'ल, त्यसो भए अब कुरा मिल्यो । हामी सहमतिका साथ काम गरौं ।' -आत्मवृत्तान्त- विश्वेश्वरप्रसाद कोइराला) राजा र वीपीबीच यस किसिमको संवाद भएको पर्सिपल्टै ०१७ साल पुस १ गतेको कालो दिन आइपुग्यो ।
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-15-05 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
३) अठार महिना पनि काम गर्न नपाउँदै अकारण आफूलाई अपदस्थ गर्ने र आफ्ना सयौं साथीलाई जेल हालेर प्रजातन्त्र अपहरण गर्ने राजाको कदमलाई पनि 'शंकाको सुविधा' दिएर एक वर्षसम्म पर्खेर अन्ततः दबाबमूलक कारबाहीमा उत्रेका सुवर्ण शमशेरले ०२५ जेठमा पुनः 'नेपालमा प्रजातन्त्रको उत्तरोतर विकासको अपेक्षा राख्दै श्री ५ मा भक्तिपूर्वक सहयोग टक्र्याउँछु' भनेर वक्तव्य दिनुभयो । तत्पश्चात् राष्ट्रहितलाई ध्यानमा राखी राजाले संवैधानिक सुधार अघि बढाउलान् र सबैलाई समेटेर हिँड्लान् भन्ने आशामा सुवर्णजीले ८ वर्षसम्म पार्टीका सबै कार्यक्रम बन्द गरेर आशाखेती कुर्दै काठमाडौं र कलकत्ता गरिरहनुभयो । परिणाम ०३२ सालको झन् अनुदार संविधान लादियो । सुवर्णजीको 'भक्तिपूर्वकको सहयोग' कारुणिक दुःखमा परिणत भएर उहाँको इहलीला तड्पनमै सकियो । उहाँको पार्थिव शरीर काठमाडौं ल्याउने अनुमति पनि दिइएन । ४) राष्ट्रिय मेलमिलापका लागि सबैभन्दा ठूलो प्रयत्न २०३३ सालमा वीपी कोइरालाले गर्नुभयो । उहाँले मेलमिलापको पक्षमा बेजोड तर्कमात्र दिनुभएन, नेपाली राजनीतिमा 'मेलमिलाप दर्शन' कै प्रतिपादनसमेत गर्नुभयो । ०३३ सालमा क्रान्तिको बाटो स्वयम् परित्याग गरेर स्वदेश र्फकंदा उहाँले भन्नुभयो- 'हाम्रो देश आज संकटमा छ । यता केही वर्षदेखि यो संकट चर्किंदै गएको सबैले महसुस गरेकै हो । यस राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अपि्रय विवाद, अनुभव र मतभिन्नता बिर्सेर एकताको सूत्रमा बाँधिनुपर्छ ।' राष्ट्रियताको रक्षा र प्रजातन्त्रको विकासका लागि 'राजाको गर्धनसँग आफ्नो गर्धन जोडिएको' उल्लेखसम्म गर्न उहाँ पुग्नुभयो । तर परिणाम के भयो ? उहाँलाई देशभित्र घुम्न र आफ्नै गृहनगर जानसम्म रोकियो । मेलमिलापमा आँच आउला भनेर कति सजग हुनुहुन्थ्यो भने ०३६ सालको विद्यार्थी आन्दोलनको प्रस्ताव लिएर जाँदा वीपी मसँग झोक्किनुभएको थियो । जनमत संग्रहको धाँधली रोक्न पूर्णसर्त राख्नुपर्छ भन्ने गणेशमानजीलाई समेत उहाँले रोक्नुभयो र बहुदलको प्रायोजित र अप्रत्याशित हारलाई समेत शिरोधार्य गर्नुभयो । त्यति गर्दागर्दै पनि सम्मानजनक रूपले आमचुनावमा भाग लिने अवसरको प्रतीक्षामा रहेका वीपीलाई वास्तै नगरी राष्ट्रिय पञ्चायत चुनाव घोषणा गरियो । जीवनको अन्तिम क्षण पर्खिरहेका वीपीलाई सम्मान दिनुपर्ला भनेर पूर्वप्रधानमन्त्रीको देहावसान हुँदा दिइने राजकीय सम्मानको नियमसमेत केवल उहाँलाई नै ध्यानमा राखेर खारेज गरियो । विद्वान् र उदारवादी कहलाइएका राजा वीरेन्द्रबाट करबल दिइएको शोक सन्देशसमेत 'जुनसुकै नेपाली मर्दा पनि' भनेर सामान्यीकरण गर्ने संकीर्ण सोचको पराकाष्ठाको अभिव्यक्तिका रूपमा आयो । हामीसँग यस्ता अनुभवको एउटा विशाल थुप्रो खडा भए पनि हामीले पाठ सिक्नसकेका छैनौं । आज हाम्रा कतिपय साथीमात्र होइन, स्वयम् राजाका मान्छेसमेत 'वीपीले प्रतिपादन गरेको मेलमिलाप सिद्धान्त' भनेर रट लगाउँछन् । के वीपीमाथि यहाँ न्याय भएको छ ? के वीपी र सुवर्णले पिउनुपरेको अपमानको घुट्को र तडपनको अलिकति पनि अनुभूति आजका हाम्रा सदावहारे मिलमिलापवादीहरूलाई छ ?
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-15-05 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राजाको आवश्यकता र बाध्यताभन्दा हाम्रो चाहनाको मेलमिलाप हाम्रो पराजित मानसिकता, सत्ताकांक्षा र त्याग गर्ने धीरताको अभावको द्योतक होइन ? राजा जहिले पनि 'मेलमिलाप' लत्याउँदै आफ्नो ढिपी थोपर्दै जाने, हामी भने एकतर्फी मेलमिलाप र सहमतिको मन्त्र जपिरहने ? वीपीले एकदिन त्यस्तै एक प्रसंगमा भन्नुभएको थियो- 'तर्कमा मसँग गणेशमानजी सधैं हार्नुहुन्छ, भनाइ भने उहाँको पुग्ने गर्छ ।' नभन्दै हाम्रो पार्टीभित्र सबैभन्दा बढी दरबार बुझ्ने भनिएका सुवर्णजी पनि फेल खानुभयो । महान् विचारक वीपीको पनि त्यो हविगत भयो । आखिर सफल त गणेशमानजी नै हुनुभयो । गणेशमानजी त्यसताका महाभारतको उद्धरण दिँदै भन्ने गर्नुहुन्थ्यो- 'सूयग्रेनैव दास्तामि विना युद्धने केशवः' -लडाइँ नगरिकन त सियोको टुप्पोजति पनि दिने छैन) । सहमतिमा टुंगिएको ०४६ सालको परिवर्तनप्रति पनि गणेशमानजी पूरै ढुक्क हुनुहुन्थेन । उहाँले भन्नुभएको थियो- 'हामीले राजनीतिक क्रान्तिको एउटा चरण पार गर्?यौं, अब यसलाई पक्का गराउन आर्थिक र सामाजिक क्रान्ति गर्नुपर्छ ।' तर हामी गणेशमानजीको संकेत नबुझेर भौंतारियौं । विशेषगरी दरबारको चमकधमकमा रुमल्लिएर त्यतै कहीं लुट्पुटिएको, आफैं ग्रान्डडिजाइनमा फँस्दै गएको र ०४६ सालको सहमति उल्ट्याउन चाहनेलाई जानी-नजानी बल मद्दत पुग्नेगरी आपसको छिनाझपटीमा अल्झेको अनुभव हामीसँग छ । हामी सम्झौता गर्दै गयौं, विश्वासमा पर्दै गयौं, तर दरबारले मेलमिलापलाई फेरि लत्यायो र मौका छोपेर असोज १८ ल्यायो, माघ १९ आयो । सम्झौतापरस्त नीति असफल भइछाड्यो । यसो भन्दा मलाई 'र्?याडिकल हुन खोजेको' आरोप लाग्ला । र्?याडिकल बन्ने सोख मलाई छैन । कुनै पनि संघर्ष एउटा विन्दुमा गएर सहमतिमा टुंगिनैपर्छ । संघर्षको तातो तावामा आफ्ना रोटी सेकाउने स्वार्थहरू दुनियाँमा नहोलान् भन्न सकिन्न । तर जिम्मेवार कस-कसले मात्र हुनुपर्ने हो ? एक्काइसौं शताब्दीमा जनताको अस्मिता र सार्वभौमसत्ताको सम्मान हुनुपर्ने हो कि होइन ? वीपीले राजालाई 'किङपिन' र 'मिनिङफुल पर्सन' को संज्ञा दिए पनि उहाँले आफ्नो 'मेलमिलाप दर्शन' को मूलआत्मा न संघर्ष न समर्पणलाई बनाउनुभएको थियो । त्यही कारण मेलमिलापले फलदायी परिणाम निकाल्न सकेन । दरबार वीपीसँग पूर्ण समर्पण चाहन्थ्यो । आज पनि दरबार त्यही चाहिरहेको छ । दरबारले कि समर्पणको भाषा बुझेको छ कि संघर्षको । समानता शब्द त्यहाँ अपमानबोधक ठानिन्छ । जनतालाई तपाईं भन्नु हुँदैन । वीपीले नबुझ्नुभएको त्यही हो । उहाँ आफू अपमानित भएर पनि राजाद्वारा जनतालाई तपाईं भनाउन चाहनुहुन्थ्यो । अनि कसरी हुने उहाँसँग राजाको 'मेलमिलाप' ? राजाको सत्तालाई गम्भीर चुनौती उपस्थित नहुँदासम्म जनताको पक्षसँग अलिकति पनि सहमतिमा आउन नचाहने, कुनै लचकता, उदारता र विवेकशीलता प्रदर्शन गर्न नसक्ने र जनताको कुरा मान्दा आफ्नो कद घट्ने सोचले ग्रस्त राजकीय अहंकारको अभिव्यक्ति अहिले पनि यत्रतत्र प्रकट भइरहेको छ । यस्तो चरित्र संसारभरकै राजाहरूको हो कि नेपालमा मात्र यस्तो हो म भन्न सक्तिन ।
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 06-15-05 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dodhare
Please log in to subscribe to dodhare's postings.
Posted on 06-15-05 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पदमा हुंदा र नहुंदा संसदको अधिवेशनमा नियमित रुपमा भाग लिने मैले सुनेको एक मात्र सदस्यको नाम हो रामचन्द्र पौडेल। उनले आफ्नो जिम्मेवारिलाई राम्रोसंग निभाएका हुन् र उनी प्रशंसनीय छन्। रामचन्द्र जस्ता अरु केही सदस्यहरु भएको भए सायद संसदको अन्त्य हुदैनथ्यो होला। राजाको खेलबाट रामचन्द्र पौडेल जस्ता नेताहरुले शिक्षा लिनु भावी नेपालको लागि खुशिको कुरा हो। तर उहांहरुले भारतको खेल पनि बुझेर शिक्षा लिनुभए सुनमा सुगन्ध हुने थियो। नेपाल-भारत सम्वन्ध दुईतर्फीय चासोको विषय हो र हामी एकलाई अर्काको खांचो छ। तर नेताहरु खसीको मूल्य भन्दा सस्तोमा बिकेर भारतलाई सजिलो र नेपाललाई गाह्रो भएको हो। राष्ट्रिय सम्झौता गर्दा ब्यक्तिगत लाभको ख्याल मात्र गरेर नेपाल र नेपालीलाई बाजी राख्नु भएन। आफूले निष्टासाथ गरेको काम फलदायी भएन भने भावी पीडिलाई भरोसा गर्नु पर्यो। केही समय यता घटेका घटनाक्रमहरुलाई नियाल्दा के प्रष्ट देखिन्छ भने राजा, पार्टी र माओवादी सबै भारतलाई रिझाएर आफू सत्तामा टिक्न चाहन्छन्। उता भारत जोसुकै आएपनि आफ्नो हातमा सांचो राख्न खोज्ने। राजालाई हतियार दिएर सहयोग, पार्टीलाई आन्दोलनमा सहयोग र माओवादीलाई आतङककारी भन्दै भित्री सहयोगको पछाडी भारतको केही स्वार्थ छैन भनेर कसरी मानौ? सस्तोमा किन्न खोज्नु भारतको दोष हैन, दोष केवल बिक्नेको हो। यस्तो खालको भारतको खेल कुनै नौलो हैन। सायद भारतले यसरी आफ्नो स्वार्थको लागि आफूलाई घुमाएको बुझेर नै वी. पी. कोईराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किनु भएको थियो होला। यो कुरा अहिलेका नेताले नि बुझ्नु पर्यो। नत्र फेरी भारतबाट पनि राजाबाट जस्तै कडा पाठ नै सिक्नु नपर्ला भनेर भन्न सकिन्न।
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
I hope all the fake Nepali refugee get deported |
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants |
Travel Document for TPS (approved) |
To Sajha admin |
Those who are in TPS, what’s your backup plan? |
MAGA and all how do you feel about Trumps cabinet pick? |
All the Qatar ailines from Nepal canceled to USA |
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस ! |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|