नेपाली गायक दिवेशले पोखरेलले अमेरिकन आइडल जजहरु नै तिन छक पारिदिए - बब मार्लि जस्तो भनेर तारिफ
नेपाली गायक दिवेश पोखरेलले अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भए देखि नै खुबै चर्चित भएका छन । अडिसनबाट छानिएर उनले हलिउडमा दिएको पहिलो प्रस्तुतिले त्यहाँ भएका तीनै जना निर्णायकहरु अति नै प्रभावित भएका थिए । उनको प्रस्तुतिको समयमा निर्णायकहरूको प्रतिक्रिया हेर्न लायक देखिन्छ ।
दिवेश ले द ब्ल्याक क्रोजको ‘हार्ड टु ह्यान्डल’ गित गाउँदै गर्दा शोका निर्णायकहरू क्याटी पेरी, लुक ब्रायन तथा लियोनेल रिची ले खुबै ध्यान दिएर सुनिरहेका थिए । जव उनले गाएर सके उनिहरुको ध्यान भंग भएको जस्तो देखिएको थियो - उनिहरुले "लौ सकिइ सक्यो?" भन्दै अरु पनि गाउँन अनुरोध गरे - केटि पेरीले ‘मोर, मोर’ भन्दै उठे पछि तिनै जना उठेर फेरि गाउन् अनुरोध गरे। दिवेशले थ्यान्क यु भन्दा पेरीले ‘मोर, मोर’ भनिरहन्छिन । रिची र ब्रायनले पनि ‘मोर, मोर’ भने पछि दंग पर्दै दिवेशले सो गित फेरि गाउँछन्
यति मात्रै होइन - दिवेशको गीत सुनिसकेपछि लियोन रिचीले केटि र ब्रायन संग भला कुसारि गर्दै सोध्छन - "मलाइ यो मान्छे को जस्तो लाग्यो थाह छ?" अनि उनले दिवेशमा आफूलाई चर्चित जमैकन गायक बब मार्ली को झझल्को आएको बताउँछन । उनले आँफ्नो सर्प्राइजलाइ "ओ माइ गड्" भन्दै ब्यक्त गर्छन ।
https://www.youtube.com/watch?v=TKw8kltgU4k