Is this True???
http://www.ratopati.com/2014/06/08/135676.html
काठमाडौं, जेठ २५ – विदेशका नेपालीले दुःख गरेको कमाएको पैसाबाट देश विकासका लागि भनी हेल्प नेपाललाई दिएको रकम कनकमणि दीक्षितकी श्रीमती अध्यक्ष रहेको रातो बंगला फाउन्डेसनलाई दिएको रवीन्द्र मिश्र र संस्था स्वयंले स्वीकारेका छन्। हेल्प नेपाल नेटवर्कले रातोपाटीलाई पठाएको स्पष्टिकरणमा दीक्षितलाई विदेशीबाट डलर ल्याउन सघाउन आफ्नो संस्था भर्याङबनेको समेत स्वीकार गरिएको छ।
हेल्प नेपाल नेटवर्क-नेपालका अध्यक्ष अरूण सिंह बस्नेतको नाममा जारी गरिएको वक्तव्यमा भनिएको छ – ‘जब रातो बंगला फाउन्डेशनले आफ्नो सो अभियानमा नेपाली संस्थाबाटै सहयोग भएमा अन्य दाताबाट थप सहयोग जुटाउन अझ सहज हुने उल्लेख गर्दै आर्थिक सहयोगका लागि प्रकृयागत ढंगबाट अनुरोध गर्यो, हेल्प नेपाल नेटवर्कले नियमित प्रकृया पुरा गरेर रू ४ लाख ९५ हजार सहयोग गर्ने निर्णय गरेको हो।’
यसले दीक्षितका विभिन्न एनजिओको एम्पायरमध्ये शिक्षासम्बन्धी एनजिओ रातो बंगला फाउन्डेसनलाई विदेशीबाट अझ बढी र सजिलो गरी डलर झार्न नेपाली संस्थाले पनि त्यसमा सहयोग गरेको देखाउन आवश्यक भएको र यही कारण सहयोग गरिएको पुष्टि भएको छ।
स्पष्टिकरणले रातो बंगला स्कूल र रातो बंगला फाउन्डेसनलाई फरक देखाउन खोजिए पनि वास्तवमा दुवै संस्था एक अर्काका पूरक हुन् । दुवै संस्थाकी अध्यक्ष कनकमणि दीक्षितकी पत्नी शान्ता बस्नेत दीक्षित हुन् । रातो बंगला नाफामुखी स्कूल भएकोले यसले सहयोग लिन पाउँदैन । यसको शुल्क पनि देशकै स्कूलमध्ये सबैभन्दा चर्को छ। नाफामुखी स्कूलले सहयोग लिन नपाउने भएकोले फाउन्डेसनको स्थापना गरिएको हो ।
शिक्षा सम्बन्धी एनजिओको सबैभन्दा सजिलो विकल्प नजिकैको जिल्ला काभ्रेका सरकारी विद्यालय हुन् । रातो बंगला फाउन्डेसनको उद्देश्य पवित्र भएको भए स्कूलबाट हुने चर्को नाफाका केही अंश फाउन्डेसनमा उपयोग गरी शिक्षाको गुणस्तर वृद्धिमा योगदान गर्थ्यो होला। तर आफ्नो पैसा सुको नझार्ने खाली विदेशीको सहयोग झार्न तल्लीन दीक्षित समूहले त्यसो के गर्थे ? दीक्षितलाई सकेसम्म डलर ल्याउनु थियो र यसका लागि नेपाली संस्थाको सहयोग पनि देखाउनु थियो। त्यसैले मिश्रको हेल्प नेपालले देशविदेशबाट जुटाएको रकममा आँखा गढ्यो। मिश्र पनि सहजै भर्याङबन्न तयार भइदिए।
रातो बंगला जस्तो धनी एनजिओलाई सहयोग गरेको देखेर सक्दो सेयर गर्नुस् भन्ने मिश्रको एक आदेशमा फेसबुकमा हजारौँ सेयर गर्नेहरुमध्येकाले अहिले प्रश्न सोधिरहेका छन् - हेल्प नेपालले रातो बंगला जस्तै बिल गेट्स फाउन्डेसनलाई कहिले सहयोग गर्ने निरु विश्वका सबैभन्दा धनी अर्बपतिमध्ये एक बिल गेट्सको फाउन्डेसनले नेपालमा पनि सहयोग गरिरहेका छन्।
स्पष्टिकरणमा काभ्रेका नौवटा सरकारी विद्यालयका शिक्षकहरूको पढाउने शैलीमा गुणात्मक सुधारका लागि कार्यशाला, तालिम, अनुगमन र पढाउन सघाउने शैक्षिक सामग्री खरिद गर्न सो सहयोग गरेको भनिए पनि कुन कुन विद्यालय हुन् नाम खुलाइएको छैन । एक दिने कार्यशाला र गोष्ठीका लागि कति डलर खर्च भयो भन्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छैन।
यसबाहेक रातो बंगलालाई हेल्प नेपालले गरेको अरु सहयोगबारे विज्ञप्तिमा केही भनिएको छैन। स्रोतका अनुसार हेल्प नेपालले रातोपाटीले उल्लेख गरेको बाहेक अरु पनि सहयोग उपलब्ध गराएको छ। तर त्यसबारे हेल्प नेपालको वेबसाइटमा केही पनि अपडेट गरिएको छैन। हेल्प नेपालको वेबसाइटमा एक वर्षअघिको मार्च २०१३ सम्मको मात्र न्युजलेटर अपडेट गरिएको छ। हेल्प नेपालले अहिलेसम्म रातो बंगला फाउन्डेसनलाई कति रकम सहयोग गर्यो र त्यो केमा खर्च भयो भन्ने हिसाब अहिलेसम्म देखाइएको छैन ।
मिश्रको विवादित पृष्ठभूमि
रवीन्द्र मिश्रले हेल्प नेपालभन्दै देशविदेशमा रहेका नेपालीहरुले रगतपसिना गरेर कमाएको रकम जम्मा गर्न थाल्नुअघि भ्रष्टाचारीलाइ किरा परोस् सराप छापिएको गन्जी लगाएर गरेका थिए। यसमा अख्तियारदेखि प्रधानमन्त्री र सचिवहरुसम्म सहभागी भएका थिए । लन्डनबाट नेपाल फर्किएदेखि नै यो वा त्यो काम गरी चर्चामा आउन उनी सँधै तल्लीन रहे।
त्यसबेला बीबीसी विश्व सेवाको बुस हाउसमा काम गर्ने गरेका मिश्रलाई नैतिक आचरणसम्बन्धी गम्भीर आरोप लाग्यो। पछि त्यसबारे उजुरी परेपछि बीबीसीको आन्तरिक अनुशासन छानविन टोलीले मिश्रको कम झ्याँको झारेको होइन। यो आरोप लन्डनको स्थानीय अदालतसम्म पुग्यो। उनको बानी उनका सहकर्मी र व्यवस्थापनलार्इ समेत अति भएको थियो। त्यसपछि बीबीसी नेपाली सेवामा घटेको कर्मचारी भर्नामा कृपावाद अर्थात् खड्का काण्डपछि व्यवस्थापनले उनलाइ झिँगा फाले झै काठमाडौं गएर काम गर्ने भए जा नत्र बर्खास्त भनिदिएपछि फेस सेभिङ्का लागि उनी लण्डनको जागिर छाडेर नेपाल आएका हुन्। तर उनले भने आफू राष्ट्रवादी भएकोले देशप्रेम जागेर नेपाल आएको भनेर कान्तिपुरमा लामो आर्टिकल नै लेखे।
स्मरण रहोस् बीबीसीमा काम पाउन गाह्रो छ तर पाएपछि सितिमिति उसले जवरजस्ती कर्मचारी निकाल्दैन। बीबीसीको इतिहासमै बर्खास्ती अत्यन्त कम हुने गरेको छ। उदाहरणका लागि फिलिपिनी महिलालाई यौन दुव्र्यवहार गरेको गम्भिर आरोप लागेका सुरेन्द्र फुँयाल अझै पनि बिबिसीमा कार्यरत छन् । त्यो मुद्दामा अझै पनि फैसला भएको छैन । व्यभिचार काण्डमा दोषी पाइएका हिन्दी सेवाका मानक गुप्तालाई पनि रवीन्द्रलार्इ नेपाल पठाएकै समयको आसपास पारेर अवकाश दिइएको थियो। तर रवीन्द्रको हकमा उनले नेपाल गएर काम गर्ने र बीबीसीको कोर स्टाफ नरही बीबीसी नेपाली सेवा लिमिटेड भनेर काठमाडौँमा दर्ता भएको स्थानीय कम्पनी अन्तर्गत रहेर काम गर्न इच्छा जाहेर गरेपछि बीबीसी दक्षिण एसियाका नाजेज अफ्रोजले सहानूभूतिपूर्वक उनलाई नेपालमा काम गर्न छूट दिएको हो र नेपाली डेस्क प्रमुख बनाएको हो।
रविन्द्र जस्तै कृपावाद काण्डमा परेका बीबीसी उर्दू सेवाका मोहम्मद हनिफ पनि उर्दू सेवा प्रमुखबाट हात धोएर एक सामान्य सम्वाददाताको रूपमा पाकिस्तानमा कार्यरत छन्।
बिबिसी सेवामा पहुँच कसरी हावी हुन्छ भन्ने कुरा उदाहरण दिने हो भने बीबीसी नेपाली सेवाको काठमाण्डौंका कार्यालयमा काम गर्ने दुर्इ महिला रमा पराजुली मार्टिन चौतारीका प्रत्युष वन्तकी पत्नी हुन् र अर्की कल्पना ढकाल कान्तिपुरका सम्पादक सुधिर शर्माकी श्रीमती हुन् ।