[Show all top banners]

rethink
Replies to this thread:

More by rethink
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वृद्ध दम्पती सडकमा - सहयोग गर्ने को?
[VIEWED 8521 TIMES]
SAVE! for ease of future access.
Posted on 09-28-12 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
वृद्ध दम्पती सडकमा

ekantipur

७६ वर्षीय पूर्णप्रसाद र ७१ वषर्ीया भक्तकुमारी धमलालाई सहारा दिने कोही छैनन् । माडीको गर्दीस्थित घरखेत बाढीपहिरोले लगेपछि उनीहरूको उठिबास लागेको हो । १ छोरा र दुई छोरीको जन्मनासाथ मृत्यु भएपछि सहारा दिने कोही नभएका हुन् । बस्ने ठाउँ अभावमा वृद्ध दम्पती चौतारामा रुझेर रात काट्न बाध्य छन् । 'कोठा भाडामा माग्दा पैसा तिर्न सक्दैनांै भनेर बास दिएनन्,' भक्तकुमारीले भनिन्, '
त्यसैले सदरमुकामको चौतारामा पाल टाँगेर रात बिताउँदै आएका छौं ।' 

श्रीमान्लाई 'प्यारालाइसिस' भएकाले उपचार गर्न नसक्दा सुकुम्बासी जीवन बिताउन बाध्य बनेको उनले बताइन् । पूर्णप्रसादको खुट्टा र हात चल्दैन । ४ वर्षदेखि दम्पती मागेर गुजारा गर्दै आएका छन् । कहिले छाप्रोमा र कहिले चौतारामा बसेर रात काट्न बाध्य छन् । भरतपुर १० स्थित बजार छेउको चौतारामा पाल टाँगेर बस्दासमेत कसैले चासो देखाएको छैन । ठूलो पानी पर्दा दुवै बूढाबूढी भोकै भिजेर रात काट्छन् । सम्पत्तिको नाममा एउटा पाल र भात पकाउने भाँडा बाहेक अरू केही छैन । 

दुवैले एक छाक खाएर रात काट्छन् । 'चार वर्ष भयो पूरा पेट नखाएको,' भक्तकुमारीले भनिन्, 'मागेर ल्याएको अन्नले दुई छाक खान पुग्दैन । त्यसैले बिहान खाएर बेलुका भोकै सुत्छौं ।' पूर्णप्रसाद खुट्टा नचल्दा ओछ्यान छेउमै दिसा पिसाव गर्छन् । चौतारा छेउमा पानी जम्ने गरेकाले ठूलो पानी पर्दा खाटसमेत पानीले डुबाउँछ । 

भक्तकुमारीले मागेर ल्याउँदामात्र चौतारामा आगो बल्छ । नत्र दुवै बूढाबूढी भोकै पानी पिएर सुत्छन् । 'नसकेरै माग्न जान्छु, म जानासाथ कोही ढोका थुनेर बस्छन्, कोही गाली गर्दै बचन लगाएर पठाउँछन्,' उनले भनिन्, 'बूढो ठीक भए दुवै जना मजदुरी गरेर खाने थियौं, यसरी अरूको बचन सुन्न्ाु पर्दैनथ्यो ।' उनले गर्दीमा २० बाख्रा, घर र बारीसमेत बाढीले पुरेपछि सुकुम्बासी बनेको बताइन् । भक्तकुमारीले श्रीमान्को उपचारमा १ लाख ऋण गरेर उपचार गरिन् । ऋण लिएको पैसा सकिए पनि उनको उपचार हुन सकेन । भक्तकुमारीको समेत मुखबाट रगत आउँछ । आफैं 

बिरामी भए पनि उनी मागेर एक छाक जुटाउँछिन् । दुवै दम्पतीले चौतारामा बास बसेको १२ दिन बितिसक्यो । 

अहिलेसम्म कसैले केही सहयोग गरेको छैन । 'यहाँ आएर बास बसेको दुई साता बित्न लाग्यो, अहिलेसम्म कसैले केही सहयोग गरेन,' पूर्णप्रसादले भने, 'अब यहाँबाट पनि उठिबास लगाउने भनेका छन् । यस्तो अवस्थामा कता जानु ?' कसैले झुप्रो बनाएर राखिदिएदेखि त्यहीं बसेर दिन कटाउने उनले बताए । चौतारामा बस्दा समस्या बुझ्न र हेर्न आउनेको भीड लाग्ने गरे पनि कसैले केही सहयोग गर्दैनन् । 'सुरुमा विष नै खाउँजस्तो लागेको थियो,' भक्तकुमारीले भनिन्, 'म मरेपछि बूढो एक्लै हुने डरले सास रहुन्जेल मागेरै भए पनि एक छाक खुवाउँछु भनेर विष खाइनँ
 
 
Posted on 09-28-12 4:08 PM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Could AMA ghar help them? Dil shova?
 
Posted on 09-28-12 5:46 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a :(   Exactly my point Halo. If Dil Sova didi can help them, that would be great. I can do small help from my side. If all of us (Sajha Users) can pitch in little money, that will be great help for the old couples. Let me know you all and I will start the collection. I am going to Nepal in about 25 days and I will make sure these couple get helped from Dil Shova didi and I will hand the collected money over to didi for this couple. 
 
Posted on 09-28-12 6:54 PM     [Snapshot: 211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thats really sad to this, we have to do something from government side too

raise awarness to make government facilated oldr care center.

bridha bhatta le khana launa pugi halcha
khali ghar banai dina paryo, govermnet le  and need some staff
 
Posted on 10-04-12 5:54 PM     [Snapshot: 591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Anybody know the latest about this old couple? 
 
Posted on 10-04-12 6:45 PM     [Snapshot: 679]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-12 9:08 AM     [Snapshot: 931]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Start the thread to collect donation to support them. No matter, how much would be collected, no doubt that would at least make a bit flexible to some extent.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters